`

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Nepal One HD १९ जेठ २०८३ ७:१९
प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा सभामुख डोलप्रसाद डिपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।बैठकमा आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *