`

राप्रपाबाट उछिटिएका धवललाई दुर्गाको काँध,यस्तो छ ११ बुँदे समझदारी

Nepal One HD २२ जेठ २०८३ १७:५६
बिशेष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित औपचारिक रूपमा एकजुट भएका छन्।

आज आयोजित एक कार्यक्रममार्फत उनीहरूले आपसी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपछि प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ औपचारिक रूपमा विसर्जन गरिएको घोषणा गरेका छन्।

कार्यक्रममा बोल्दै प्रसाईँले अबको राजनीतिक यात्रा संयुक्त रूपमा अघि बढाइने र राजसंस्था पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाइने बताएका छन्।

यसैबीच, धवलशम्शेर राणाले नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको जानकारी दिँदै पार्टीको नाम र झण्डा विज्ञ तथा सरोकारवालासँग छलफल गरेर टुंगो लगाइने बताएका छन्।

उनले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ। मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ।’

समझदारीसँगै उनीहरूको समूहले आगामी राजनीतिक रणनीति र संगठन निर्माणलाई औपचारिक रूपमा अघि बढाउने संकेत दिएको छ।

यस्तो छ ११ बुँदे समझदारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *