`

ईश्वरी भुजेल हत्या प्रकरण : जानकारी लिन पूर्वगृहमन्त्री गुरुङ पुगे बालाजु प्रहरी वृत्त

Nepal One HD २३ जेठ २०८३ १६:४२
बिशेष

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङ शनिबार ईश्वरी भुजेल हत्या प्रकरणबारे जानकारी लिन बालाजु प्रहरी वृत्त पुगेका छन्।

नेपाली सेनामा कार्यरत गोरखा निवासी भुजेलको गएराति हत्या भएको घटनापछि गुरुङले प्रहरी अधिकारीहरूसँग भेट गरी घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेका हुन्।

उनले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमार थापा मगरमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुरोध गरेका छन्।

प्रहरी कार्यालय पुग्नुअघि गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भेटका क्रममा उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

हत्या हुनुको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *