रास्वपा काठमाडौं सभापतिमा राजा शाक्य निर्वाचित
राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्।
शनिबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा शाक्यले २५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरेका थिए।
त्यसैगरी, उपसभापतिमा रविन्द्र गौतम र सचिवमा सन्तमान महर्जन निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास सफल हुन नसकेपछि मतदान प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित नेतृत्वले काठमाडौं जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेका बेला काठमाडौंको नेतृत्व चयनलाई पार्टीको संगठनात्मक विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
