`

गृहमा गुरुङ,नवप्रवर्तनमा महावीर पुनलाई मन्त्री बनाउने तयारीमा ‘बालेन’ [भिडियो]

Nepal One HD २६ जेठ २०८३ १२:५३
बिशेष

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

स्रोतका अनुसार गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको हो।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए। तर सम्पत्ति विवरणसम्बन्धी प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सरकारले उनी गृहमन्त्री हुँदा र राजीनामा पछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित उक्त समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदन ग्रहण गरेको जनाइएको छ।

यसैबीच, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सिफारिस गरेका छन्।

उनको पनि आजै राष्ट्रपति पौडेलबाट शपथ ग्रहण हुने कार्यक्रम तय भएको बताइएको छ।

भिडियो:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *