`

रास्वपा धनुषा सभापति लक्ष्मेश्वर पदबाट किन हटाइए ?

Nepal One HD २६ जेठ २०८३ १३:२०
प्रमुख खबर

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदमुक्त गरेको छ।

धनुषाको जिल्ला अधिवेशन आजैदेखि निधि भवनमा जारी रहेका बेला आयोगले उनलाई जिल्ला सभापतिको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

आयोगले जेठ २५ गते पठाएको पत्रमा यादवले पार्टीको विधान, आचारसंहिता, कार्यविधि तथा निर्वाचनसम्बन्धी व्यवस्था विपरीत गतिविधि गरेको, पदीय जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको, अधिकार क्षेत्र नाघेर हस्तक्षेप गरेको तथा समूहगत राजनीति बढाउने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

उनका गतिविधिबारे विभिन्न उजुरी परेपछि स्पष्टीकरण माग गरिएको र प्राप्त जवाफको अध्ययनपछि थप अनुसन्धान आवश्यक देखिएको आयोगले जनाएको छ।

आवश्यक प्रमाणका आधारमा निर्णय गर्नुपर्ने निष्कर्षसहित उनलाई जिल्ला सभापतिको जिम्मेवारीबाट हटाइएको आयोगको पत्रमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *