सर्वोत्कृष्ट मोडल को बन्नेछ ? (सूचीसहित)
काठमाडौं। ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड’ का लागि ३३ विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
लोकदोहोरी, पप, आधुनिक, चलचित्र गीतदेखि डायस्पोरासम्मका विधामा स्रष्टा तथा कलाकारहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
महिला लोकदोहोरी म्युजिक भिडियो मोडलतर्फ करिष्मा ढकाल, जुना विश्वकर्मा, नारायणी खत्री, रविना भण्डारी र सुस्मिता गुरुङ मनोनयनमा परेका छन् ।
पुरुषतर्फ भने विजय पुन, पल शाह, पुष्प खड्का, सुधिर श्रेष्ठ र सुनिल न्यौपाने शीर्ष पाँचमा परेका छन् ।
आयोजकका अनुसार २०८१ वैशाखदेखि २०८२ असारसम्म सार्वजनिक भएका गीत तथा सिर्जनालाई आधार बनाएर निर्णायक मण्डलले मनोनयन तयार पारेको हो ।
मूल्याङ्कनमा ६० प्रतिशत निर्णायक र ४० प्रतिशत सार्वजनिक भोटिङको आधार रहनेछ ।
विभिन्न विधामा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, आधुनिक गीत, चलचित्र गीत, संगीत, शब्द, निर्देशन, छायांकन, सम्पादन लगायतका श्रेणी समेटिएका छन् ।
लोकगीत, पप गीत, आधुनिक गीत, चलचित्र पाश्र्व गायन तथा नवप्रतिभा लगायतका विधामा पनि प्रतिस्पर्धा तीव्र बनेको आयोजकले जनाएको छ ।
अवार्ड आयोजकका अनुसार हरेक विधाबाट एक जना सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट ५ मनोनयन सूची
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
- गोर्खाली हौ – डोन कार्की
- राजनीति भनेको त – पारसमणि बराल
- प्यारो नेपाल – प्रेम गुरुङ
- हाम्रो देश – सुरेन्द्र खड्का
- वीरताको देश – जेनिशा गौतम
२. उत्कृष्ट पप गीतकार
- कौशिला अधिकारी – मायामा घात
- डिपी तिवारी – छुट्यो पिरिम
- महेन्द्र जो जो – पहाडी बाटो
- धनबीर थापा – बादलपारी
- रमेश कोइराला – तिमीलाई सम्बोधन
३. उत्कृष्ट पप संगीतकार
- विनय कार्की क्षेत्री – मायामा घात
- सिएल शर्मा – नाइँनभन
- अर्जुन पोखरेल – ओइ नक्कले
- विपी वाग्ले – पिरतीको बाह्रखरी
- हरि गिरी विमर्शी – महङ्गो महङ्गो ड्रेस
४. उत्कृष्ट पप गायक
- छिरिङ भुटिया – पहाडी बाटो
- दुर्गेश थापा – दुश्मन हेरेको हेरै
- प्रताप दास – तिमीलाई सम्बोधन
- रविन श्रेष्ठ – प्रिय जिन्दगी
- विनय कार्की क्षेत्री – नयाँनयाँ
५. उत्कृष्ट पप गायिका
- आश्रा कुँवर – इतिहास
- दुर्गा खरेल – ओइ नक्कले
- समिक्षा अधिकारी – आगो
- बबिना किराँती – महङ्गो महङ्गो ड्रेस
- एलिना चौहान – छुट्यो पिरिम
६. उत्कृष्ट लोकदोहोरी पुरुष मोडल
- विजय पुन – बोली हजुरको
- पल शाह – करिमैले
- पुष्प खड्का – सेतै दुध सेतै चौलानी
- सुधिर श्रेष्ठ – तिम्रै माया लाउँछ नि
- सुनिल न्यौपाने – युके लान्छु
७. उत्कृष्ट लोकदोहोरी महिला मोडल
- करिष्मा ढकाल – सेतै दुध सेतै चौलानी
- जुना विश्वकर्मा – मेरो परान
- नारायणी खत्री – करिमैले
- रविना भण्डारी – हिमाली फूल
- सुस्मिता गुरुङ – माया मोह
८. उत्कृष्ट निर्देशक (लोकदोहोरी)
- कुमार केसी – सधैं मीठो बोली होस्
- अशोक विश्वकर्मा – नमस्ते ढोगदियाँ
- दिप गुरुङ – तिम्रै माया लाउँछ नि
- जेरी भण्डारी – खोली सलल
- सञ्जिव ठकुरी – लाम लाम माया लाम
९. उत्कृष्ट शब्द (लोकदोहोरी)
- प्रसाद लामिछाने – सरर
- सिताराम परियार – भागौला त्रिशुली तरेर
- नविन राना – खोली सलल
- रमेश परियार – नमस्ते ढोगदियाँ
- बालकुमार श्रेष्ठ – रातो रिवनमा
१०. उत्कृष्ट भाका (लोकदोहोरी)
- नविन परियार – जाम भो हिंड रेलैमा सलल
- बालकुमार श्रेष्ठ – रातो रिवनमा
- शितल गुरुङ – निरमसी
- सागर विरही – बोली हजुरको
- कृष्ण केसी – जवानीको उद्घाटन
११. उत्कृष्ट लोकगीत
- खोर्सानी डल्ले – भिषण मुकारुङ
- निरुता खत्री – रामारोशन ताल
- मेरो दिन आउला – दिपकराज विश्वकर्मा
- मेरो जस्तो रगत छैन र – राजन भुजेल
- बनको चरी – सिता लामा
१२. उत्कृष्ट चलचित्र गीतकार
- आनन्द अधिकारी – हेर्दाहेर्दैमा
- प्रभा बर्तौला – रातकिन हुन्छ हजुर
- मुक्त उदास – यो मनले
- श्रवण मुकारुङ – राइमाहिलाले गाउँभुल्यो
- युवराज काफ्ले – फकाउँछ काफ्ले
१३. उत्कृष्ट चलचित्र संगीतकार
- कालीप्रसाद बास्कोटा – राई माइलाले गाउँ छोड्यो
- कृष्ण भारद्वाज – हेर्दाहेर्दैमा
- टंक बुढाथोकी – यो धनले
- थानेश्वर गौतम – रातकिन हुन्छ हजुर
- दिपक शर्मा – रिमै
१४. उत्कृष्ट चलचित्र पाश्र्व गायक
- आँशु लामा – रिमै
- थानेश्वर गौतम – रात किन हुन्छ हजुर
- सविन सुवेदी – त्यो मिठो जोवन
- सुजन चापागाई – मखमली
- सुरज पण्डित – च्यातिएको चोली
१५. उत्कृष्ट चलचित्र पाश्र्व गायिका
- झुमा लिम्बू – फकाउँछ काफ्ले
- रचना रिमाल – त्यो मिठो जोवन
- रिता केसी – रिमै
- सुनिता थेगिम – राई माइलाले गाउँ छोड्यो
- समिक्षा अधिकारी – हेर्दै आँखामा
१६. उत्कृष्ट संगीत संयोजक
- आदेश गुर्मछान – स्वर्ग झैं सैलुङ्ग
- खेमराज गौतम – सोल्टिनीज्यू
- झलक संगीतम – नशा लागेको
- नरेन्द्र वियोगी – रात किन हुन्छ हजुर
- याम थापा मगर – नखाउ परान
१७. उत्कृष्ट ध्वनि सम्पादन
- एचबिएन किस्मत – दुःख साटम्ला
- खडग बाजुराली – तिम्रै माया लाउँछ नि
- विनोद परियार – कुन साइनोले
- नरेश पाण्डे – मनको मान्छे
- नरेश बिबिसी – ओइ नक्कले
१८. उत्कृष्ट छायाकार
- अजय रेग्मी – नमस्ते ढोगदियाँ
- करण चैंसिर – जूनकिरी
- बुद्ध थापा – मेरो जिन्दगीको
- मदन कश्यप घिमिरे – अजम्बरी माया
- विजय लामा – भागौंला त्रिशुली तरेर
१९. उत्कृष्ट सम्पादन
- दिनसन शाह – युके लान्छु
- पदम सुवेदी – भागौला त्रिशुली तरेर
- विनोद बम – माछि भुल्यो
- सिलन लम्साल – ओइ नक्कले
- सुजन कोइराला – आँसु उपहार
२०. अन्य विधा (संक्षेपमा)
अवार्डमा थप लोकदोहोरी, आधुनिक, पप, चलचित्र, युगल गायन, डायस्पोरा लगायतका ३३ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ।
