`

काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

Nepal One HD २९ जेठ २०८३ १६:३३
बिशेष

काठमाडौँ । काभ्रेको बुचाकोटमा बस दुर्घटनामा परेर ८ जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । उनीहरुकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *