देशका यी ठाउँमा पर्दैछ पानी
समाचार
काठमाडौं । देशका केही स्थानमा आइतबार पानी परिरहेको छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेको छ । काठमाडौं उपत्यकाका केही भागमा पनि हल्का वर्षा भएको छ ।
पछिल्लो एक घण्टामा मकवानपुरगढीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु प्रणाली तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
