`

नेपालको आकाशमा भारतीय सुरक्षाकर्मीको हेलिकप्टर, बालेन चुपचाप

Nepal One HD १ असार २०८३ ११:४०
प्रमुख खबर

काठमाडौं। प्रधानमन्त्री बालेनको सीमासम्बन्धी विवादित अभिव्यक्तिपछि भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा उढ्यो । तर, प्रधानमन्त्री बालेन यसबारे चुपचाप छन् ।

रक्षामन्त्रीसमेत रहेका बालेनको रहस्यमी मौनताले देशवासीलाई सशङ्कित पारेको छ । उनको सरकारका नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल पनि यसबारे बोलेका छैनन् ।

आइतबार नेपालको दार्चुलाको आकाशमा भारतको इन्डो टिबेटन बोर्डर पुलिसका डिजी शत्रूजितसिंह कपुर सवार हेलिकप्टरले नेपाली भूमि दार्चुजालाई एक फन्को मारेपछि कालापानीको गुञ्जी पुगेको थियो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार यही २७ जेठमा कपुर सवार हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उढेको थियो ।

तर, आफ्नो देशमा विदेशी सुरक्षाकर्मी सवार हेलिकप्टर उड्दासमेत प्रधानमन्त्री बालेन, उनका सरकारका मन्त्री र १८१ जना रास्वपाका सासदहरूले विरोधको एक शब्द बोलेका छैनन् ।

यसअघि नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली नेपाली भूमि प्रवेश गरेको थियो । सुस्ता क्षेत्रमा नेपाली भूमिमा निर्माणाधीन तटबन्ध रोक्न पनि उनीहरूले निर्देशन दिएका थिए ।

प्रधानमन्त्री बालेनले १७ जेठमा नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेका थिए । यसपछि भारतीय सीमा सुरक्षा बलका जवानहरू अनधिकृत रूपमा नेपाली भूमि प्रवेश मात्रै होइन, हेलिकप्टर पनि प्रवेश गर्न थालेको छ ।

कतिपयले भन्न थालेका छन् कि भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा बारबार प्रवेश गर्नु र यता नेपालका प्रधानमन्त्री बालेन र उनको सरकार मौन बस्नु सयोग होइन ।

यसले गर्दा कतै नेपाल नै नरहने त होइन ? प्रश्न उठेको छ ।

भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *