`

यत्रतत्र लडेका जेनजी सहिदका शालिकहरू [फोटो-फिचर]

Nepal One HD १ असार २०८३ १४:०८
फोटोफिचर

काठमाडौं। भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित निर्माण गर्न लागिएको जेनजी शहीद स्मारकको काम अलपत्र परेको छ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण सुरु गरिएको स्मारकको काम केही समयअघि अघि बढाइएको भए पनि हाल निर्माण प्रक्रिया ठप्प भएको बताइएको छ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले स्मारक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना कार्यान्वयनको चरणमा पुगेको थियो।

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनालाई दीर्घकालीन रूपमा संरक्षण गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो। स्मारकलाई नेपाली मौलिकता झल्किने ऐतिहासिक शैलीमा निर्माण गर्ने योजना रहेको जनाइएको छ।

परियोजनाअन्तर्गत आन्दोलनका क्रममा मृत्यु भएका ४२ शहीदका शालिक स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा शहीदहरूको योगदान प्रतिबिम्बित गर्ने विभिन्न संरचना निर्माण गर्ने योजना बनाइएको थियो।

तर हाल निर्माण कार्य रोकिएको अवस्थामा रहेकाले स्मारक कहिले सम्पन्न हुन्छ भन्ने विषय अन्योलमै रहेको देखिएको छ।

परियोजना रोकिएको कारण र आगामी कार्ययोजनाबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *