`

बागमती प्रदेशले ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

Nepal One HD १ असार २०८३ १७:२१
अर्थ समाचार

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारले आगामी आवका लागि ६६ अर्ब हाराहारीको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

आज अपराह्न ४ बजे बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ। स्रोतका अनुसार बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।

मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि प्रदेशसभा बैठकमार्फत बजेट सार्वजनिक गरिनेछ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा केही घट्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *