`

गण्डकीमा सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रमा साढे पाँच अर्बभन्दा बढी बजेट

Nepal One HD १ असार २०८३ १८:१४
अर्थ समाचार

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै उल्लेखनीय बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

त्यसैगरी स्वास्थ्य क्षेत्रको सेवा विस्तार, पूर्वाधार सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ३ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याइएको मन्त्री शेरचनले बताए।

प्रदेश सरकारले सामाजिक सुरक्षा, युवा सशक्तीकरण, खेलकुद विकास तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई आगामी आर्थिक वर्षको प्रमुख प्राथमिकतामध्ये एक बनाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *