मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
बिशेष
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सम्बन्धित मन्त्री उपस्थित नभएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल जारी रहेका बेला सांसदहरूले सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित हुनुपर्ने माग उठाएका थिए। छलफलका क्रममा मन्त्रीहरू अनुपस्थित रहेको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए।
सांसदहरूको मागपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्न कठिन भएको जनाउँदै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
सभामुख अर्यालले बैठक आजै पुनः बस्ने जानकारी दिँदै सम्बन्धित मन्त्रीहरूलाई उपस्थित गराउन सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।
संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीको उपस्थितिलाई सांसदहरूले जवाफदेहिता र प्रभावकारी बहसका लागि आवश्यक मान्दै आएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
