विद्यार्थीले गरे कलेजकै छतबाट हामफालेर आत्महत्या
समाचार
काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन्।
१८ वर्षीय आर्यन सिंह कक्षा १२ मा अध्ययनरत थिए। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो करिब साढे १२ बजे उनले कलेजको छतबाट हामफालेका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनकाे स्थायी ठेगाना काठमाडौं महानगरपालिका–७, चाबहिल रहेको जनाइएको छ।
प्रहरीका अनुसार सिंहले हामफाल्नुअघि हिन्दी भाषामा कपीमा केही कुरा लेखेको पाइएको छ। उक्त सामग्रीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
