`

रास्वपाका सांसदहरू धमाधम पराजित

Nepal One HD २ असार २०८३ १५:२२
प्रमुख खबर

काठमाडौं। रास्वपाका सांसदहरू धमाधम पराजित भइरहेका छन् । अहिलेसम्म पाँच जना सांसद पराजित भएका हुन् ।

अलोकप्रिय बन्दै गएपछि पार्टीको आन्तरिक अधिवेशनमा एकपछि गरी अर्को सांसदले पराजय भोगेका हुन् ।

सोमबार मात्रै रास्वपाको सुदूरपश्चिम प्रदेश सभापतिमा प्रतिनिधिसभा सदस्य जनकसिंह धामीलाई पराजित गर्दै प्रकाश विष्ट निर्वाचित भए । उनी यसअघि पनि सभापति थिए । उनै विष्टले सांसद धामीलाई दोब्बर बढी मतले पराजित गर्दै स्तब्ध पारे ।

शनिबार बागमती सभापतिमा नुवाकोट–२ बाट निर्वाचित डा. अच्युतम लामिछाने उत्सव अर्यालसँग पराजित भए ।

गण्डकी सभापतिमा सांसद राजन गौतम नवीन त्रिपाठीसँग पराजित भएका थिए । आइतबार लुम्बिनी प्रदेश सभापतिमा सांसद मञ्जु ज्ञवाली भुसाल शालिकराम घिमिरेसँग हारेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *