यस्तो लेख्दै झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा [पूर्णपाठ]
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई पद छाडेर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
उनले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत वर्तमान नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका हुन्।
खनालले पार्टीको वर्तमान अवस्था ‘चिन्ताजनक’ रहेको उल्लेख गर्दै यही नेतृत्वले पार्टीलाई राष्ट्रिय महाधिवेशनसम्म व्यवस्थित रूपमा पुर्याउन कठिन हुने दाबी गरेका छन्। उनले विशेष बैठक बोलाएर नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउनुपर्ने सुझाव पनि दिएका छन्।
पत्रमा उनले संयोजक र सहसंयोजकले पद छाडेर नयाँ, योग्य र विचारवान नेतृत्वलाई अघि ल्याउन कमिटीलाई अधिकार दिनुपर्ने उल्लेख गरेका छन्। ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ,’ भन्दै उनले नयाँ नेतृत्व चयनको आवश्यकता औंल्याएका छन्।
खनालले यसअघि नेकपा एकताका बेला अपनाइएको ‘दुई पाइलट’ मोडेल स्मरण गर्दै त्यही संरचनाले पार्टीलाई विभाजन र संकटतर्फ धकेलेको आरोप लगाएका छन्। अहिले पनि त्यही शैली दोहोरिएको भन्दै उनले नेतृत्व संरचनामाथि प्रश्न उठाएका छन्।
उनले २६ वटा घटक एकीकृत गरी नयाँ पार्टी घोषणा गरिए पनि नेतृत्व पुरानै ढाँचामा सीमित भएको टिप्पणी गरेका छन्। पार्टीभित्र संयोजक र सहसंयोजक प्रणाली किन आवश्यक भयो भन्ने विषयमा कार्यकर्ताले जवाफ खोजिरहेको उनको भनाइ छ।
खनालले नेतृत्वले समयमै आत्मसमीक्षा नगरे पार्टी थप संकटमा जाने चेतावनीसमेत दिएका छन्। उनका अनुसार अहिले पार्टी ‘दिशाहीन अवस्था’ मा पुगेको छ।
खनालको पत्र सार्वजनिक भएपछि पार्टीभित्र नेतृत्व संरचना र आगामी महाधिवेशनको तयारीलाई लिएर नयाँ बहस सुरु भएको छ। उनले वर्तमान शीर्ष नेतृत्वप्रति खुला असन्तुष्टि जनाउने पहिलो वरिष्ठ नेता बनेका छन्।
[पूर्णपाठ]
प्रिय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक, नेपाली कम्युनिष्ट पार्टी
लाल सलाम!!
म नेपालको कम्युनिष्ट आन्दोलनमा २०२० सालदेखि संलग्न हुँदै आएको छु र २०२६ सालदेखि
निरन्तर पार्टी कमिटीमा संगठित भएर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वतन्त्रता र
सामाजिक मुक्तिका निम्ति लगातार संघर्ष गर्दै आइरहेको छु । त्यस क्रममा म आफै संगठित
भएर जिल्ला कमिटी चलाउँदा होस्, को।के। निर्माण गरेर काम गर्दा होस्, नेकपा (माले)
स्थापना गरेर काम गर्दा होस्, नेकपा ९एमाले० निर्माण गरेर काम गर्दा होस्, नेकपा बनाएर
काम गर्दा होस् वा माधवजीले नेकपा ९एमाले०लाई विभाजन गरेर बनेको नेकपा ९एस०मा रहदा
होस् म सधैँ पार्टी कमिटीमा रहेर कमिटीले दिएको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गर्दै
आएको कम्युनिष्ट आन्दोलनको एउटा नेता हु । जिम्मेवारी विहिन अवस्थामा मैले कहिले पनि
रहनु परेको थिएन । तर पछिल्लो अवधिमा १९ कार्तिक २०८२ मा तपाईं संयोजक रहेको
नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध भएको दिनदेखि आजसम्म ७ महिना पुरा हुन लाग्यो ।
म पूर्ण रूपले जिम्मेवारी विहिन बनाइएको छु । आखिर तपाईँ आफै सरहको एउटा नेतालाई
एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न, पार्टीको हितमा निर्णय लिन सक्नुहुन्न र कमिटीको
भावना अनुरुप एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न भने तपाईँले मलाई के का निम्ति
एकतामा आउन त्यत्रो आग्रह गरेको रु मैले विगतका कुरा अध्ययन गर्दा तपाईँ अरु कसैले
कान भरेको आधारमा काम गर्ने जस्तो त लाग्दैन थियो । तर अहिले तपाईँलाई कुन बाध्यता
छ रु कुन विविशता छ रु के को दबाब छ रु किन मलाई जिम्मेवारी दिन सक्नुहुन्न रु तपाईँ
अरु केहीलाई लिएर देशका विभिन्न स्थानमा गइरहनु भएको छ । तर एउटा नेतालाई
जिम्मेवारी विहीन बनाएर घुम्दा तपाईँलाई कति आनन्द आइरहेको छ रु मैले यो पार्टीमा धुप
हालेर बस्ने कि रु पूजा गरेर बस्ने रु म आफैँ ठुलठुला पार्टी निर्माण र सञ्चालन गरेर तथा
नेतृत्व गरेर आएको नेता हुँ । तपाईँले यो आश्चर्य जनक व्यवहार मसँग किन देखाइरहनुभएको
छ रु यो तपाईँको व्यक्तिगत इच्छा, चाहना हो कि १ तपाईँलाई कुनै व्यक्ति वा गुटले यस्ता
काम गर्न विवस बनाइरहेको छ रु म जस्तोसुकै बेलामा पनि सक्रिय रूपले वैचारिक,
राजनीतिक र संगठनात्मक रुपले सक्रिय रहने नेता हुँ । म अझै १०–१५ वर्ष सक्रिय नै रहने
छु । तर अहिले यो पार्टी मेरा निम्ति खोर जस्तै अनुभूत भएको छ । मसँग अहिले पनि यो
नेपाली कम्युनिष्ट पार्टीका कैयौं नेताहरु, जिल्ला जिल्लाका नेताहरु र कार्यकर्ताहरु सम्पर्क
गरिरहनु भएको छ, वहाँहरू यो पार्टीलाई वैचारिक–सैद्धान्तिक रुपले सुदृढ पार्टी बनाउन
तपाईंले विशेष योगदान गर्नुपर्छ भनिरहनु भएको छ । पार्टीका कार्यकर्ताहरूको एउटा
सिद्धान्तनिष्ठ, बलियो र सुदृढ पार्टी निर्माण गर्ने पवित्र चाहना रहेको छ । उनीहरूको त्यो
भावनालाई म सधैं सलाम गर्छु । म योगदान गर्न पनि तयार छु । तर औपचारिक रूपले
नेतृत्वमा बसेकाले जिम्मेवारीसम्म पनि दिन नसकेपछि मैले ती हजारौं कार्यकर्ताहरूको
भावनालाई कसरी सम्बोधन गर्ने रु यी सब कुराले यतिबेला मेरा दिमागमा असंख्य प्रश्नहरु
उठिरहेका छन । यही अवस्थामा एउटा नेता लामो समय कसरी बस्न सक्छ रु त्यसैले आज
म तपाईँलाई र तपाईँ मार्फत यो पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई सूचना
पुगोस् भनेर यो पत्र लेखिरहेको छु ।
१। कमरेड प्रचण्ड १ गत १९ कार्तिक २०८२ का दिन यो नेपाली कम्युनिष्ट पार्टीमा तपाईं
लगायत धेरै नेता कमरेडहरूको आग्रहका आधारमा म एकताबद्ध भएको हुँ । म सधैँ बाम
एकताको पक्षमा, एउटा एकीकृत पार्टी निर्माणको पक्षमा वकालत गर्दै आएको नेता हुँ । तर
म त्यो कार्तिकमा नै एकताका पक्षमा थिइन । त्यो भन्दा चार वर्षअघि माधवजीले एमाले पार्टी
विभाजन गरेर बनेको नेकपा ९एस०को चार वर्षको समीक्षा गरौं भन्ने पक्षमा थिए । वहाँले
पार्टी विभाजनको औचित्य सिद्ध गर्न सक्नुभएको थिएन । त्यो पार्टीमा वैचारिक, राजनीतिक,
सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा कैयौं विकार र विकृतिहरू थुप्रिएका थिए । तिनीहरूको
समिक्षा नगरी र ती विकृतिहरू नहटाई अर्को कुनै समूहसँग एकता गर्दा त्यहाँ पनि ती
विकृतिहरू संक्रमण हुने खतरा मैले देखेको थिएँ । तिनीहरूबाट मुक्त भएर एकता गर्दा मात्र
कम्युनिष्ट एकतामा वास्तविक योगदान गर्न सकिन्छ भन्ने मलाई लागेको थियो ।
२। तर तपाईँ आफैंले पनि एकतामा आउनका लागि बारम्बार आग्रह गर्नुभयो । कमरेड
कार्यक्रम जस्तो रुपमा भएपनि जनवादी क्रान्तिको कार्यक्रम थियो । कमरेड मदन भण्डारीले
त्यसवेला चालु रहेको जनवादी क्रान्तिको कार्यक्रम भनेर नै अघि सार्नु भएको थियो । त्यसलाई
समाजवादी क्रान्तिको पनि कार्यक्रम वा “नेपाली क्रान्तिको मौलिक कार्यक्रम” भन्नु भएको
पनि थिएन । त्यो क्रार्यक्रममा जे जस्ता सकारात्मक , नकारात्मक पक्ष रहे पनि जनवादी
क्रान्ति पूरा हुने बित्तिकै जबजको कार्यक्रमिक अवधारणाको औचित्य अन्त्य हुन्थ्यो । त्यो
अवधारणालाई अघि सार्ने कमरेड मदन भण्डारीको देशी–विदेशी प्रतिक्रियावादीहरुले
षड्यन्त्रपूर्ण ढंगले हत्या गरे । त्यसले गर्दा उक्त कार्यक्रमिक अवधारणाको वहाँले यथोचित
समय सापेक्ष व्याख्या र परिमार्जन गर्न पाउनुभएन । तर हाम्रा केही दिग्गज हौं भन्ने नेताहरूले
नारायणकाजीले आग्रह गर्नुभयो, कमरेड हरिबोल गजुरेलले आग्रह गर्नुभयो । कमरेड वर्षमान
पुन, कमरेड देव गुरुङले पनि आग्रह गर्नुभयो । कार्यदिशा, नीति र सिद्धान्तमा एक रूपता
कायम गरेर जान सकिन्छ भन्ने कुरा राख्नुभयो । सबैको आग्रह देखेपछि एकपटक कमरेड
प्रचण्डसँगै म वैचारिक–सैद्धान्तिक विषयमा समेत कुरा गर्छु अनि मात्र निर्णय गर्छु भनेर मैले
१९ कार्तिक, २०८२ को बिहान ९ देखि ११ बजे तपाईँसँग कुराकानी गरे । त्यो कुराकानीमा
सहमति भए अनुसार म नेकपामा एकताबद्ध भएको हुँ । तपाईँलाई राम्ररी थाहा छ ।
३। त्यतिबेला तपाईँसँग सहमति भएका वैचारिक–सैद्धान्तिक कुराहरू निम्न चार सिद्धान्तहरू
थिए ।
पहिलो, माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने त्यसमा कुनै पुच्छर जोड्न जरुरी
छैन ।
दोस्रो, नेपाली समाज अहिले समाजवादी क्रान्ति र रुपान्तरणको चरणमा छ यसलाई सम्पन्न
गर्न सम्पूर्ण शक्ति केन्द्रित गर्ने ।
तेस्रो, यो क्रान्तिको लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद अर्थात् नेपाली विशेषताको समाजवाद
स्थापनालाई लक्ष्य मान्ने ।
चौथो, त्यो समाजवाद प्राप्त गर्न क्रान्तिकारी कार्यदिशा लाई अवलम्बन गर्ने ।
मैले पहिले देखि नै कम्युनिष्टहरू बीचको एकताका मुख्य आधार यिनै कुराहरुलाई बनाउनुपर्छ
भन्दै आएको थिए । त्यही कुरा भएपछि हाम्रो विचार मिल्यो र मैले एकताका आधारका रुपमा
यी चार सिद्धान्तहरूलाई स्वीकार गरे । तर आज देख्दैछु तपाईं ती सिद्धान्तबाट विचलित
हुनुभएको जस्तो छ । हो कि होइन आउने दिनमा अझै प्रष्ट हुंदैजाला १
४। त्यो भेटमा हामीले अन्य केही संगठनात्मक विषयमा पनि सहमति गरेका थियौँ । कमरेड
माधव नेपाल अध्यक्ष रहेको नेकपा ९एस०को अन्तिम केन्द्रीय कमिटी बैठकमा “एकता गर्ने”
बहानामा थुप्रै साथीहरुलाई केन्द्रीय कमिटीमा थपियो । तर वहाँसँग मत भिन्नता राख्ने योग्य
साथीहरुलाई पूर्वाग्रहपूर्ण ढंगले केन्द्रीय कमिटीमा आउनबाट वञ्चित गर्नुभयो । मैले तपाईँलाई
ती साथीहरूलाई समेत आगामी केन्द्रीय कमिटीमा समेट्नु पर्छ भनेको थिए । तपाईँले हुन्छ
भन्नुभएको थियो । तर आजसम्म केही गर्नुभएन । कसको दबावले गर्नुभएन कमरेड १ कि
तपाईं आफुले बोलेको कुरालाइ बिर्सिदिनु हुन्छ रु
५। त्यसरी नै पूर्व युवा संघ माथि घोर पूर्वाग्रहपूर्ण,गुटबन्दीपूर्ण, पक्षपातपूर्ण व्यवहार गरेर
माधवजीले युवा संघलाई पक्षघात गराउनु भएको थियो । माधव नेपालले गरेका अन्यायका
विरुद्ध अडान लिएकै कारण उनीहरुमाथि अपमानपूर्वक पाखा लगाउने काम भएको थियो ।
उनीहरुलाई पनि समेट्ने बारेमा तपाईँ सहमतिमा आउनुभएको थियो । तर त्यो सहमतिलाई
पनि तपाईंले लागू गर्न सक्नुभएन । त्यस्ता होनहार युवाहरुलाई एकताबद्ध पार्न र समेट्न
किन सक्नुभएन रु त्यस्ता विचारवान युवाहरुलाइ संगठित गर्न नसक्ने हो भने कस्तो पार्टी
बनाउने विचार गर्दै हुनुहुन्छ रु
६। कमरेड १ म कमरेड माधव नेपालका पछि लागेर नेकपामा एकताबद्ध हुन आएको होइन ।
वहाँसँग त केन्द्रीय कमिटीको अन्तिम बैठकमा मेरो प्रष्ट मतभिन्नता भइसकेको थियो । वहाँ
समीक्षा नै नगरी दक्षिणपन्थी औसरवादको भारी पिठ्युमा लिएर तथा एमाले फुटाएर बनाएको
पार्टी चलाउन नसकेर नेकपा ९माओवादी०मा आउनुभएको हो । म त्यो औसरवादको भारीका
पछि लागेर एकता गर्ने पक्षमा थिइन र अन्य थुप्रै सहयोद्धाहरू पनि त्यसमा तयार थिएनन् ।
त्यसैले तपाईँसँग अलग्गै सहमति गरेर म र मेरा साथीहरु सहित एकतामा आएका हौ । मैले
यो कुरालाई १९ कार्तिकको एकता घोषणाकै दिनको भाषणमा पनि छस्स उल्लेख गरेको थिएँ
। तर दिन बित्दै जान थालेपछि तपाईँले मसँग भएका सहमतिलाई वेवास्ता गर्दै जानुभयो र
माधव नेपालले जेजे भन्नुहुन्छ त्यही कुरा लागू गर्दै जानुभयो । मैले तपाईँलाई वचनको पक्का
ठानेको थिएँ । तर अरु कसैको पुर्वाग्रहलाइ समेत ग्रहण गर्नुहोला भन्ने सोचेको थिइन् ।
७। कमरेड प्रचण्ड १ तपाईँ अरु जेसुकै भएपनि अहिले नेकपाको एउटा संयोजक हुनुहुन्छ ।
तपाईँले आफ्ना वरिपरि भएका सबै कमरेडहरूसँग समान व्यवहार गर्नुपर्ने होइन र रु तपाईँ
एउटाको गलत र पूर्वाग्रहपूर्ण कुरा सुनेर अर्काको विरुद्ध निर्णय गर्न पुग्नुहुन्छ भने तपाईंको
नेतृत्व निष्पक्ष कसरी मान्न सकिन्छ । तपाईँ एकताको पक्षधर हो भन्ने कुरा कसरी साबित
हुन्छ रु के तपाईँले माधव नेपालको एउटा सानो र संकीर्ण जबजवादी समुहसँग मात्र एकता
गर्न खोजेको हो रु त्यही हो भने मलाई केही भन्नु छैन । होइन भने मसँग एकतामा आउन
चाहेका साथीहरुमाथि यस्तो घनघोर विभेद किन गर्नुभयो रु यो एउटा कम्युनिष्ट नेताले गर्ने
व्यवहार हो र रु तपाई जस्तो नेतालाइ यस्ता काम गर्न सुहाउँछ रु
८। नेकपालाई एउटा क्रान्तिकारी,दृढ र असल आचरण सहितको पार्टी बनाउने हो भने सुरुदेखि
नै पार्टीमा शुद्धिकरण पनि हुनुपर्छ । तर तपाईँले “एकता”का नाउँमा यस्तो व्यक्तिलाई “सह
संयोजक” बनाउनुभएको छ । जसको विशेष अदालतमा “अख्तियार दुरुपयोग अनुसन्धान
आयोग”ले करिब १९ करोडको भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ र त्यसका बारेमा मुद्दा
चलिरहेको छ । तपाईंलाई थाहा छ, तपाईँ, म र माधव नेपाल समेत रहेको संसदबाट बनेको
ऐन बमोजिम उक्त भ्रष्टाचार मुद्दा दर्ता हुनुको कारणले माधवजीको सांसद पद समेत निलम्बन
भएको थियो । अहिलेको निर्वाचनमा वहाँले शर्मनाक हार समेत बेहोर्नुप¥यो । जुन व्यक्तिलाई
त्यस्तो मुद्दा लागे बापत सांसद भएर रहने अधिकार हुँदैन, आफ्नै दलको संसदमा दलको नेता
बन्ने अधिकार हुँदैन, ती पदबाट निलम्बित हुनुपर्छ, त्यो व्यवस्था पार्टी नेता बन्नु र बनाउनमा
चाँही लागू हुन्छ कि हुँदैन रु लागू गर्नुपर्छ कि पर्दैन रु यो नैतिक प्रश्न हो कि होइन रु भोलि
अदालतले दोषी ठहर ग¥यो भने पार्टी नेतृत्वको हालत के हुन्छ रु वहाँमाथि लागेको आरोप
सिद्ध हुन्छ कि हुँदैन, वहाँबाट गल्ती भएका छन् कि छैनन्, त्यो तपाईँ, हामी, हाम्रो पार्टी, नेकपा
कसैले पनि जान्ने कुरा होइन । त्यो कुरा कि माधव जी स्वयमले जान्नुहुन्छ कि त्यो कुरा
अन्त्यतः अदालतले मात्र जान्दछ । परिणाम भने फैसलाबाट मात्र थाहा हुन्छ । तर अदालतको
फैसला आउनुभन्दा अघि नै मानौ केही पनि भएको छैन भने जस्तो गरेर नयाँ स्थापना भएको
पार्टीको पनि “सह संयोजक” बनाउने कुरा कुनै पनि अर्थमा नैतिकताको कुरा होइन । मैले
त नेकपा ९एस०मा रहँदा नै त्यसमा गम्भीर मुद्दा लागेपछि नैतिक रुपले पार्टी पदबाट राजिनामा
दिएर अदालतको फैसला कुर्नु उपयुक्त हुन्छ भनेर वहाँलाइ लिखित सुझाव नै दिएको थिएँ ।
यस्ता कुनै पनि मुद्दा व्यक्तिमाथि लाग्ने मुद्दा हुन् । यो मुद्दालाई हिजो पञ्चायतकाल जस्तो
प्रतिशोधक मुद्दा मात्र भन्न सकिन्न । यसलाई राजनीतिक रङ्ग दिएर यो त “राजनीतिक
प्रतिशोध” भनेर पन्छाउन पनि मिल्दैन । यस्ता मुद्दा नेकपाकै अन्य नेतामाथि आई लागे भने
त्यो पार्टीका विरुद्धको राजनीतिक मुद्दा हुन्छ कि व्यक्तिमाथि लागेको खास मुद्धा मानिन्छ ।
त्यसैले त्यस्तो गम्भीर मुद्दा खेपिरहेको अवस्थामा कुनै पनि व्यक्तिलाई “सहसंयोजक” जस्तो
पदमा राख्नु वा बस्नु उपयुक्त हुँदैन । भोली वँहाले सफाइ पाएमा बेग्लै कुरा हो । म यो
कुरालाई सच्याउन तपाईँ र यो पार्टीका सबै नेताहरूलाई अनुरोध गर्दछु । सन्दर्भका रूपमा म
सबै साथीहरूलाई मैले वहाँलाई लेखेको पत्र पनि पठाइदिन्छु । एउटा नैतिकवान पार्टीले मात्र
आजको जटिल अवस्थामा पार्टी र क्रान्ति सामु उपस्थित चुनौतीहरूको सामना गर्न सक्छ ।
जुन नेतृत्वमा नैतिकताको अनुभुति हुँदैन, त्यस्तो नेतृत्वबाट नैतिकवान क्रान्तिकारी पार्टी बन्ने
कुराको आशा गर्न सकिदैन ।
९। कमरेड प्रचण्ड १ कहिलेकाहीँ सानो कमजोरीले सिंगो संरचना र उपलब्धि नै दुर्घटनामा
पर्न सक्छ । त्यस्तो गल्ती तपाईँले आफै पनि गर्नुभएको छ । त्यस बारेमा कति सचेत हुनुहुन्छ
मलाई थाहा छैन । हामीले २०७५ साल जेठ ३ गते एमाले र माओवादी पार्टी एकता ग¥यौ ।
तपाईँ र ओली त्यो एकीकृत नेकपा रुपी विशाल जेटको “दुई पाइलट” घोषित हुनुभयो । अब
तपाईँ दुईजनाले त्यो नेकपालाई वैधानिक रुपले पनि अघि बढाउनका निम्ति निर्वाचन
आयोगमा पार्टी दर्ता गर्नुपर्ने थियो । त्यो दर्ता गर्दा आफ्नो पार्टी ठूलो र शक्तिशाली भएको
दंभका आधारमा अर्को दर्ता भइसकेको पार्टीको नाउँमा नै नेकपा भनेर दर्ता गराउनुभयो ।
त्यो कमरेड केपी ओली र कमरेड प्रचण्डको आत्मघाती गल्ती हो । तपाईँहरूले दर्ता गराउन
त केही कारिन्दा पठाएर पनि गराउनु भयो होला । तर त्यसवेला निर्वाचन आयोगले त्यसो
नगरौं भन्दाभन्दै जबरजस्त दर्ता भएको रहेछ । त्यसको दोष कारिन्दा वा कोही कार्यकर्तालाई
लगाउन मिल्दैन । तर तपाईं दुईजनालाई नै मुख्य रुपले दोष लाग्छ । तपाईँहरू दुईजनाले त्यो
गल्ती नगरेको भए र अलिकति फरक मात्रै पारेर दर्ता गराएको भए पनि एकीकृत भइसकेको
नेपाल कम्युनिष्ट पार्टी यो धर्तीका कुनै शक्तिले फुटाउन सक्ने थिएन । अन्तरिम आदेशले पनि
केही गर्न सक्ने थिएन । अदालतले पनि कुनै बहाना पाउने थिएन । तर हेर्नुस् आज तपाईंहरूको
त्यो सानो गल्तीले हजारौं र लाखौं नेता, कार्यकर्ता र हाम्रा समर्थकहरुको बिल्लीवाठ भएको
छ । तपाईँको समेत कमजोरी त्यहाँ पनि देखिन्छ । मलाई त थाहा पत्तो भएन । त्यो पार्टी दर्ता
कसरी भयो , हामिलाई कुनै जानकारी पनि भएन । “दुई पाईलट” ले गरेका कामले आज
मुलुकलाई कहाँ पु¥याएको छ ११ कतै यो “२६ घटक” मिलेर बनाएको पार्टी पनि यस्तै कुनै
गम्भीर कमजोरीका साथ दर्ता भएको त छैन रु
१०। मैले १९ कार्तिक २०८२ मा पार्टी एकता गर्दा तीनवटा कुराका आधारमा गरेको थिएँ ।
पहिलो, चार आधारभूत सिद्धान्तमा सहमति भएको, दोस्रो, कम्युनिष्ट आन्दोलनमा एकताको
व्यापक माग बढिरहेको अवस्था र तेस्रो तपाईंको र अन्य कमरेडहरूको पनि आग्रह । यिनै
तीनवटा कारणले मैले तपाईंसँग एकता गर्न सहमत भएको थिएँ । तर तपाईँ बिस्तारै
माधवजीको सुनियोजित जाल र दबाबमा यसरी फस्दै जानुभयो कि म त तीन छक्कै पर्दै गएँ
। तपाईँको अडान यति कमजोर र खुकुलो र अविश्वसनीय हुन्छ भन्ने मलाइ के थाहा र रु
तपाईँले १० वर्षसँगै युद्ध लडेर आएका वरिष्ठ साथीहरूको पनि विश्वास एकपछि अर्को गुमाउँदै
गएको देख्छु । एक जमानामा क।किरण वैद्य, कमरेड सी।पी गजुरेल, कमरेड बाबुराम भट्टराई,
कमरेड हरिबोल गजुरेल, कमरेड जनार्दन शर्मा जस्ता नेताहरू तपाईंका अत्यन्त निकट
सहयोगी नै हुनुहुन्थ्यो । ती सबै नेताहरूलाई तपाईंल के कारणले गुमाएको हो रु मलाई जस्तै
व्यावहार गरेर त ।होईन रु होइन भने मसँग यस्तो दोहोरो व्यवहार किन रु तपाईँले गर्छु
भनेका कुरा किन गर्न सक्नुभएन रु र मेरो समुहसँग एकता गर्दा तपाईलाइ त्यत्रो मुश्किल
थियो भने किन एकता गरेको रु
११। कमरेड प्रचण्ड १ तपाईंलाई थाहा छ, नेकपा ९एमाले०को पाँचौं महाअधिवेशनबाट नै त्यो
पार्टीको नेतृत्वले जबजलाई त्यसबेलाको नयाँ जनवादी कार्यक्रमको सट्टा नयाँ कार्यक्रम भनेर
पास ग¥यो । मैले र अन्य थुप्रै कमरेडहरूले पनि त्यसमा मतभिन्नता राखेका थियौं । त्यो
जबजलाई “नेपाली क्रान्तिको मौलिक सिद्धान्त” बनाउन पुगे । अझ अघि बढेर जबजलाई नै
“नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त” घोषित गर्न पुगे । यो गम्भीर सैद्धान्तिक विचलन
थियो । मैले त्यो दक्षिणपन्थी भड्काउका विरुद्ध आफ्नो भिन्न मतको दस्तावेज नै प्रस्तुत गरेर
अल्पमतका रुपमा आफ्ना विचारको रक्षा गर्दै बसे । उक्त दस्तावेजलाई मेरो यहि असार ०८३
मा प्रकाशित “वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद” नामक पुस्तकमा जस्ताको तस्तै
छापेको छु । मलाई आशा थियो । ०६२–०६३ को पुँजीवादी जनवादी क्रान्तिपछि त्यो सच्चिने
छ । तर सच्याउने त कुरै भएन । बरु त्यही कारणले र अन्य कारणले समेत संविधान सभाको
पहिलो निर्वाचनमा नेकपा ९एमाले०ले निकै नराम्ररी चुनाव हार्न पुग्यो । माधवजी दुई ठाउँबाट
उठेको दुवै ठाउँ हार्नुभयो र पार्टीको महासचिव पदबाट राजीनामा दिन पुग्नुभयो । त्यसबेला
वहाँले नैतिक रूपले ठिकै गर्नुभएको थियो । वहाँनै नेतृत्वमा रहिरहनु भएको भए एमाले
पहिलेनै वैचारिक रुपले अधपतन तिर जाने थियो । तर त्यसपछि पनि जबजलाई अझ
“मार्गदर्शक सिद्धान्त” बनाउन वहाँ लागिनै रहनु भयो । माधवजीले आफूलाई जबजको
“उत्तराधिकारी र व्याख्याता” बनाउन छोड्नुभएन । समाजवादी क्रान्तिको युगमा आएर
पँुजीवादी जनवादलाई “मार्गदर्शक सिद्दान्त” बनाउनु घोर दक्षिणपन्थी भड्काउ वाहेक केहि
थिएन ।
१२। पार्टीले भने वहाँको राजीनामा स्वीकृत गरेर मलाई महासचिव बनायो । मेरा सामु धर्म
संकट पैदा भयो । अब जबज बारे के गर्ने रु म त जबज त मान्दिन । यो त पुँजीवादी जनवाद
हो । पुँजीवादी जनवादलाई कसरी “क्रान्तिकारी सिद्धान्त” स्वीकार गर्ने रु एकातिर बहुमतको
धारणा पार्टीको धारणा बनेको छ । अर्कातिर जबज भनेको पुँजीवादी जनवाद हो भन्ने
व्यक्तिलाई पार्टीले महासचिव बनायो । वास्तवमा त्यतिबेला शान्ति प्रक्रिया टुंगो लगाउने,
माओवादी सेनालाई समायोजन गर्ने, माधबजीको नेतृत्वमा तेस्रो बनेको पार्टीलाई माथि
उठाउने र संविधान बनाउने गम्भीर महत्वका दायित्व थिए । साथीहरूसँग कुरा गर्दा वहाँहरुले
अहिले वर्तमान कार्यभारमा पूर्ण रूपले ध्यान केन्द्रित गरेर पार्टी निर्माण र संविधान निर्माणमा
लागौं । “जबज बारेमा बहुमतको धारणा जे छ त्यसैलाई निरन्तरता दिँदैं अघि बढौं संविधान
बनेपछि परिस्थिति त्यसपछि बदलिन्छ , त्यस अनुरुप गरौंला” भन्ने कुरा भयो । मैले आफ्नो
मत सुरक्षित राखेर त्यसबेलाका गम्भीर र गहन कार्यभार तिर केन्द्रित भएर लागे । पार्टीको
आठौँ महाअधिवेशनले मलाई नै पार्टी अध्यक्ष निर्वाचित गर्यो । त्यसबेला माधवजी केपी
ओलीलाई जिताउन टुप्पीदेखि कुर्कुच्चासम्मको बल लगाएर लाग्नुभयो । तर उनीहरू दुवैको
शक्तिले पनि भ्याउन सकेन, मलाई नै महाअधिवेशनले अध्यक्ष बनायो । त्यस क्रममा अन्य
बिषयका साथै बहुमतका धारणालाई मैले पनि व्याख्या विश्लेषण गरेँ । त्यसो गरेर मैले एउटा
ठूलो गल्ती गरेछु, किनभने पछि गएर माधवजीको समूह त त्यही कुरालाई आधार बनाएर
“तैले नै मार्गदर्शक सिद्दान्त बनाएको होइनस् ” भनेर मलाई पो दोष दिन पुग्यो । वास्तवमा
पार्टीभित्र अल्पमतमा परेको बेला पार्टी धारणा र पार्टी अनुशासनका नाउँमा आफ्नो भन्दा
विपरीत मतको व्याख्या गर्न हुने रहेनछ । मैले त्यस बारेमा फेरि गल्ती नगर्ने निर्णय गरेको
छु । वास्तवमा बहुमतको धारणाको ब्याख्या बहुमतलाई नै गर्न दिनु पर्दथ्यो । तर माधवजीले
भनेको “नेपाली क्रान्तिको मौलिक सिद्दान्त”ले नेपाली कम्युनिष्ट आन्दोलनलाई लगातार
अधोगति तिर भने खसाउँदै नै ल्यायो ।
१३। तर जब एमाले र माओवादी पार्टी बीच २०७५ जेठमा एकीकरण भयो । त्यतिबेला तपाईँ
र नेकपा ९माओवादी०को दबावले गर्दा जबजलाई मूल्तवीमा राखिएको थियो र तपाईंले पनि
“माओवाद”लाई मूल्तवीमा राख्न सहमत हुनुभएको थियो । त्यो निर्णय अवश्य नै नीतिनिष्ट
थिएन तर पनि गर्नुभयो । त्यसबेला पार्टी एकीकृत रहुन्जेल मानियो तर पार्टी फुटाउने बित्तिकै
दुवैका अवधारणा मूल्तवीबाट मुक्त भए र फेरि ब्युतिए । त्यसपछि कमरेड ओलीले एमालेलाई
जबजको बाटोतिर जबरजस्त मोड्न थाल्नुभयो । यता माधवजीले एमाले पार्टी फेरि पनि फोर्ने
र वहाँको नेतृत्वमा अर्को एउटा समुह बनाउने तार्तम्य मिलाउनु भएछ । वहाँले मलाई मुखले
भन्दा “ओलीको दक्षिणपन्थी औसरवादको विरोध गर्ने, अब वैज्ञानिक समाजवादको लक्ष्य लिने
र त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी बाटो लिने” भन्नुभयो । जबजको दक्षिणपन्थी बाटोबाट
क्रमश ः एमाले पनि अधोपतनतिर जानु अनिवार्य नै थियो । म त्यसवेला भारतको एपोलो
अस्पतालमा विरामी भएर उपचार गराई रहेको थिए । वैज्ञानिक समाजवादको लक्ष्य लिएर
अघि बढ्ने हो भने त्यो सकारात्मक हो भन्ने ठानेर मैले अस्पतालबाट “पार्टी बिद्रोह गर्ने”
कुरालाई समर्थन गरे । तर त्यो त पार्टी फुटाउने बहाना मात्र रहेछ । वहाँले “१० बुँदे सहमति
प्रस्तावका एउटा बुँदा पनि केपीले मानेनन”भनेर मलाई सुनाउनुभयो । तर पछि यहाँ आएर
बुझ्दा बरु केपीले पार्टी एकताको १० बुँदे प्रस्ताव मान्नु भएको रहेछ । तर माधवजीले “मलाई
पनि अर्को अध्यक्ष चाहिन्छ नत्र एकता गर्दिन” भनेर पार्टी विभाजित गरेको रहेछ । यसरी
पार्टी लाई एउटा पद प्राप्तिका निम्ति मात्र माधवजीले नै विभाजन गरेको रहेछ । त्यो थाहा
पाउँदा म त स्तब्ध भए । यसको समीक्षा यथा समयमा हुने नै छ । त्यसका निम्ति त्यसबेलाका
कार्यदलका सबै सदस्यहरु साक्षी छँदैछन् । यसरी यी जबजवादी नेता माधव कुमार नेपालले
त्यसवेला पनि मलाइ झुक्याउनु भएछ । वहाँको त्यस्तो चरित्रको वारेमा अहिले म केहि भन्न
चाहन्न । समय र इतिहासले प्रत्येक ब्यक्तिको मुल्यांकन गर्छ नै ।
१४। प्रचण्ड कमरेड १ त्यसपछि नेकपा ९एस० बन्यो । सुरु सुरुमा वैज्ञानिक समाजवाद,
माक्र्सवाद–लेनिनवाद, दक्षिणपन्थी औसरवाद यी शब्दहरू दस्तावेजमा उल्लेख पनि भए ।
त्यसपछि हर भेला बैठकमा मैले नयाँ जनवाद, जबज, राष्ट्रिय जनवाद जस्ता विगतका
कार्यक्रमिक अवधारणाहरु पुराना भए, अब हामीले वैज्ञानिक समाजवादको लक्ष्यतिर अघि
बढ्नुपर्छ भनेर भन्न थाले । ओहो १ ती त माधवजीका देखाउने दाँत मात्र रहेछन, असली कुरा
त फेरी पनि जबजनै रहेछ । त्यो त “नेपाली क्रान्तिको मौलिक सिद्धान्त” नै बनिसकेको रहेछ
। माधवजीको नेतृत्वमा चलेको नेकपा ९एस०का चार वर्षहरू अन्य कुराका अलवा यही वैज्ञानिक
समाजवाद कि बहुदलीय जनवादका सैद्धान्तिक अवधारणाहरूको बीचमा निरन्तर संघर्ष चल्यो
। वास्तममा कार्यक्रमिक हिसाबले बहुदलीय जनवाद भनेको नयाँ जनवादी क्रान्तिकालमा नै
दक्षिणपंथी भड्काउ थियो । त्यो दक्षिणपन्थी भड्काउ सामु मैले झुक्ने कुरै आएन । मैले जमेर
संघर्ष गरे । म त्यसमा गर्व गर्छु । वहाँका ती गलत अडानका कारणले धेरै कार्यकर्ता निराश
भए । कैयाँै युवाहरु पलायन भए । निकै राम्रा कार्यकर्ताहरूको एउटा ठूलो हिस्सा जबज नै
मान्नुपर्छ भने “माधव नेपालको यो फुच्चे जबजका पछि किन लाग्ने बरु ठूलै जबजमा लाग्ने”
भनेर एमालेतिर फर्के । पार्टीमा।द्धिविधा, अस्पष्टता, निराशा, निष्क्रियता र पलायन बढ्दै गयो
। दक्षिणपन्थी औसरवादले ल्याउने परिणाम ल्याउँदै गयो । मैल पार्टीलाई क्रान्तिकारी बाटोमा
ल्याउन धेरै कोसिस गरें । चार वर्षको समग्र समीक्षा गरौँ भने । त्यसो गर्दा वहाँले टेकेको
जमिन भासिनेवाला थियो । त्यसैले समिक्षा गर्न कहिल्यै तयार हुनु भएन । आखिर पार्टी चल्नै
नसक्ने र केन्द्रीय कार्यालयको भाडापनि तिर्न नसक्ने अवस्था आउन थालेपछि यथार्थमा
“एकताको साईन बोर्डमा” वहाँले “एकिकरण” गरेको हो । कमरेड प्रचण्ड १ तपाईंले जुन दिन
गहिरो सैद्धान्तिक स्पष्टता प्राप्त नगरी माधवजीको बहुदलीय जनवादी समूहलाई नेपाली
कम्युनिष्ट पार्टीमा एकताबद्ध गराउनुभयो । ठिक त्यही दिनदेखि यो नेकपा भित्र बहुदलीय
जनवादको दक्षिणपन्थी भड्काउको विषाक्त रोगको विजारोपण पनि भएको छ र त्यसले यो
नेपाली कम्युनिष्ट पार्टीलाई सैद्धान्तिक रुपले अधपतनतिर लान थालिसकेको छ । तपाई
संयोजक रहेको पार्टीको विधान नै दक्षिणपंथी भडकाउले पुरै रङ्गिबिरङ्गी बनि सकेको छ । यस
कुरामा कति सचेत हुनुहुन्छ वा यो पार्टी कति सचेत छ मलाई थाहा छैन । यो कुरालाई
अत्यन्त गंभीरता पुर्वक लिन म तपाई र अन्य सबै नेता कार्यकर्ताहरुलाई हार्दिक आग्रह गर्दछु
।
१५। कमरेड प्रचण्ड १ तपाईँलाई यहीँनेर पूर्व नेकपा ९एस०को “दशौं महाधिवेशनको” प्रसङ्ग
पनि यो पत्रबाट थोरै जानकारी गराउन चाहन्छु । त्यतिबेला अन्य दस्तावेजका साथै पार्टीको
समाजवादी कार्यक्रम पनि पास गर्ने पार्टीले योजना बनायो । “नेपाली विशेषताको समाजवादी
कार्यक्रम”को मस्यौदा गर्ने जिम्मेवारी माधव नेपालको चाहना र प्रयत्नका विपरित पार्टीले
मेरो जिम्मामा लगायो । तर माधवजी यो जिम्मा मलाई कुनै हालतमा दिन चाहनुहुन्नथ्यो ।
त्यसैकारण वहाँले गण्डकीको इन्चार्ज भएर काम गरिरहेका कमरेड केशवलाल श्रेष्ठलाई
त्यहाँबाट जबरजस्त हटाएर आफ्नो कार्यालय सहयोगी बनाई “बहुदलीय समाजवादको
कार्यक्रम” मस्यौदा गर्न लगाउनुभयो । वहाँले गुप्त रूपले गरेको कुरा तुरुन्तै हामी धेरैलाई
थाहा भयो । केशव कमरेडले पनि त्यस्तै कार्यक्रमको एउटा मस्यौदा तयार पारेर माधवजीलाई
दिनु पनि भयो । तर माधवजीले त्यो वितरण गर्न र मैले गरेको मस्यौदालाई रोक्न चाहेर पनि
गर्न सक्नुभएन । वैज्ञानिक समाजवादी कार्यक्रमको मैले गरेको मस्यौदा नै महाअधिवेशनमा
गयो र त्यही नै पास पनि भयो । तर माधवजीका अरु बहुदलीय जनवादी विधान र प्रतिवेदन
सम्बन्धि दस्तावेजहरु छापिए र वितरित भए । तर महा अधिवेशनपछि मैले मस्यौदा गरेको र
महाअधिवेशनले पास गरेको कार्यक्रम सम्बन्धी दस्तावेज कहिल्यै प्रकाशित भएन । अहिले
सम्मपनि प्रकाशित भएन । तपाईँका “सहसंयोजक”को जबजवादी धारणाबारे तपाईँलाई यसले
अलिकति प्रष्ट पार्छ होला । साँच्ची नै यो जबज भनेको कम्युनिष्ट आन्दोलनका निम्ति एउटा
वैचारिक–सैद्धान्तिक रोग हो । अब त्यो रोग नेकपामा सल्किन थालिसकेको छ । त्यो रोग
नेकपाको शिरबाट प्रवेश गरेको छ र त्यो अब पार्टी भित्र सल्किदैं जानेवाला छ । तपाईले पनि
जबजलाइ स्वीकार गरि सकेको हो वा तपाईको लापरवाहीले पार्टी भित्र यो रोग प्रवेश गरेको
हो मलाइ थाहा छैन् । तर वास्तविकता थाहा पाए पछि नेकपाका धेरै नेता कार्यकर्ताहरुले
अवश्य नै यसलाई गंभीरता पुर्वक लिनु हुनेछ । मलाई विश्वास छ ।
१६। कमरेड प्रचण्ड १ तपाईं १० वर्ष सशस्त्र सङ्घर्ष गरेर आएको र नेपाली राजनीतिमा केही
वर्ष छाएको पनि नेता हो । तपाईँलाई मानिसले सामान्य कम्युनिष्ट मात्र होइन, तपाईँलाई
“माओवादी कम्युनिष्ट” अर्थात् “माओवादी नेता” भन्न रुचाउँथे । एक बेलामा तपाईंका
सोचहरुलाई नेकपा ९माओवादी०ले “प्रचण्डपथ” सम्म भन्न पुग्यो । त्यहाँबाट यहाँसम्म आउँदा
विश्वका देशमा कुनै ठूलो परिवर्तन भएको छैन । तर तपाईंले शान्ति प्रकृयामा आउँदा कुनै
आधारभुत परिवर्तनका माग पनि नराखी “जनयुद्धको बाटो” छोड्नुभयो । “प्रचण्डपथ” पनि
छोड्नुभयो । ती दुवै कुरा समयको सापेक्षतामा ठिकै गर्नुभयो होला । तपाईंले एमाले–माओवादी
एकता गर्दा “माओबादलाई पनि मूल्तविमा राख्न” राजी हुनुभयो । अहिले नेकपा बनाउने
सिलसिला सम्म आइपुग्दा तपाईँले “माओवाद पनि” छोड्नुभयो । यो तपाईंले ठिकै गर्नुभयो ।
मैले त नेकपा ९माले०को २०४२–४३ तिर भएको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा नै
“हाम्रो मार्गदर्शक सिद्धान्त” नामक दस्तावेज प्रस्तुत गरेर यही नै नेपाली कम्युनिष्ट
आन्दोलनको “मार्गदर्शन सिद्धान्त” हो भनेर पारित नै गराएको थिए । पछि चौथो
महाअधिवेशनमा मैले कमरेड जीवराज आश्रितलाई त्यो दस्तावेज पढ्न लगाए ।
महाअधिवेशनले त्यसलाई सहज ढंगले नै पास गर्यो । तर तपाईँको परिवर्तन भने यहाँसम्म
आएर पनि रोकिएन । तपाईं त नेकपा बनाउनुको साथै अहिले त “प्रजातान्त्रिक समाजवाद”
सम्म तल खसेको देखेँ । यो त अति नै भयो कमरेड ११ तपाईं अब साँच्ची नै “प्रजातान्त्रिक
समाजवादी” भएकै हो रु तपाईँले यो कुरालाई स्वीकार गरेकै हो रु तपाईँका दस्तावेज पढेपछि
म त आश्चर्यचकित परेको छु । द्धन्दवादको एउटा नियम छ, “एक प्रवृति अर्को प्रवृतिमा
बदलिन सक्छ” । के यस्तै भएको हो त रु प्रष्ट पार्नुहोला । म असाध्य दुःखि भएको छु ।
१७। कमरेड प्रचण्ड १ म तपाईंसँग वार्ता गरेर “वैचारिक सैद्धान्तिक एकता” हुने रहेछ भनेर
त्यही १९ कार्तिक २०८२ मा एकताबद्ध भए । त्यतिबेला मैले तपाईं,तपाईंका विचारहरू र
तपाईँले मसँग गरेका सहमतिहरु माथि हृदयबाट नै विश्वास गरे । त्यो एकता घोषणामा
तपाईँ र तपाईँका घनिष्ठ कमरेडहरूले तयार पारेका दस्तावेजहरु हेर्ने समय नै पाएको थिएन
। मैले ती दस्तावेजको कपी पनि पाएको थिइन । पछि एकताका दस्तावेज छापिने क्रममा
“नेपाली कम्युनिष्ट पार्टीको अन्तरिम विधान २०८२” मैले प्राप्त गरेँ । विधान भनेको पार्टी
हिँड्ने मूल बाटो हुन्छ । त्यसले पार्टीको वैचारिक , राजनीतिक र सैद्दान्तिक लक्ष्य, उद्देश्य र
पार्टीका कार्यक्रमहरु पनि सार रुपमा बताउँछ । त्यसले नै पार्टीको स्वरुप पनि निर्धारण गर्दछ
। त्यो दस्तावेजको महत्वलाई ध्यानमा राखेर मैले त्यो विस्तार पूर्वक पढेँ । पढ्दै गए छक्क
पनि पर्दै गएँ । जब मैले पार्टीको विधानको धारा १२ मा उल्लेखित पार्टीको “उद्देश्य” पढेँ ।
तब म छांगाबाट खसे जस्तै भए । मलाइ वडो दुःखपनि लाग्यो । त्यो धाराको “९क०” ले भन्छ
“मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गरेर लोकतान्त्रिक मूल्य मान्यता, सामाजिक न्याय
र समानता सहितको समाजवाद स्थापना गर्ने” । मेरो दिमाग एकपटक फनफन्ती घुम्यो ।
ओहो १ कमरेड प्रचण्डले मलाई कुन खौलामा खसाउनु भयो । यो विधान त माधवजीले नेकपा
९एस०को दशौं महाअधिवेशनबाट पास गरेको बहानामा कसैसँग सल्लाह नै नगरी छापेको
जबजवादी विधानको कपीभन्दा बढी केही रहेनछ । विधान पढ्दै गए, त्यसका धारा १२, १३,
१४ पढें । विश्वमा “सोसियालिष्ट इन्टरनेसनल” मार्फत विश्वका एकाधिकारवादी बुर्जुवाहरूले
अघि सारेको “प्रजातान्त्रिक समाजवाद” पो रहेछ । अझै हाम्रै प्रसंङ्गमा भन्ने हो भने एमाले
विभाजन गरेर माधवजीका नेतृत्वमा बनेको नेकपा ९एस० नामक पार्टीभित्र चार वर्षसम्म नेता
र कार्यकर्ता माथि समाजवादको नाउमा थोर्पर्दै आएको त्यही “बहुदलीय जनवाद र प्रजातान्त्रिक
समाजवाद” पो नेकपाको “लक्ष्य” बनाएर विधान नै छापिएको रहेछ । मलाई पार्टीको विधान
नै नहेरी एकतामा गएको कुराप्रति बडो पछुतो महसुस भयो । त्यसैले तपाईँलाई मेरो पछिल्लो
भेटमा त्यो विधानको कपी नै देखाएर यसमा तपाईं सहमत भएरै छापेको हो रु भनेर सोधेको
थिए । तपाईँ त्यतिबेला अरु नै कुराको तनावमा हुनुहुन्थ्यो । कुनै जवाफ दिनुभएन । कमरेड
प्रचण्ड १ तपाईं नेता रहेको पार्टीको शिरबाट नै यसरी दक्षिणपन्थी औसरवादले प्रवेश गरिसकेको
छ । तपाईँले त्यो औसरवादलाई जानीजानी नै स्वीकारेको हो भने अब नेकपाबाट सच्चा
वैज्ञानिक समाजवादका पक्षधर कमरेडहरु एकपछि अर्को या त आफै निस्कँदै जानेछन् वा
तपाईं कारबाही गरेर पार्टीबाट निकाल्न बाध्य हुनुहुनेछ । तपाईँ अहिले जुन जबजवादी समूहको
फन्दामा परिसक्नु भएको छ, त्यही कारणले तपाईंले कमरेड हरिबोल गजुरेललाई स्पष्टीकरण
पनि गर्ने नदिई निकालिसक्नुभयो, कमरेड भीम रावललाई एकता संयोजन समितिको पहिलो
बैठकबाट निस्कन बाध्य पार्नुभयो । अब म लगायत कति साथीहरूको पालो आइरहेको होला
। तर म हेर्दैछु के नेकपाका अन्य नेताहरु र त्यो पार्टीको पंक्तिले यो दक्षिणपन्थी औसरवादलाई
स्वीकार गर्छ रु उनीहरु सबै त्यसैमा सहमत छन् रु सहमत हुन्छन् रु अब नेकपा “प्रजातान्त्रिक
समाजवादी” पार्टीमा रूपान्तरित हुन्छ रु यो पार्टीमा सबै नेताका दासहरु मात्र छन भन्ने
मलाई लाग्दैन । कमरेड प्रचण्ड म गम्भीर रुपले हेर्दैछु । तपाईँ साँच्ची नै प्रजातान्त्रिक
समाजवादी नै भइसक्नुभयो वा अझै पनि वैज्ञानिक समाजवादकै पक्षमा हुनुहुन्छ रु के हो
वास्तविकता रु विधानमानै त्यस्तो लेखिसके पछि तपाईंले पन्छिन मिल्ला रु अब तपाईंसँग
२०५२ साल देखि “जनयुद्धमा संगसंगै तपाईलाइ नेता मानेर आएका कमरेडहरुले यो कुरा
स्वीकार गर्न सक्छन् रु के उनीहरु कमरेड प्रचण्डले जे भन्यो त्यसैका पछि लाग्न सक्छन् रु
हातमा बन्दुक लिएर जनवादी सत्ता स्थापना गर्छौ भनेर मृत्युसँग पौठेजोरी खेल्न हिडेका
कमरेडहरु अब “प्रजातान्त्रिक समाजवाद” का पछि लाग्लान रु यो बडो यक्ष प्रश्न छ १
१८। मैले तपाईँको विधानका अरु धारा पढ्दा झन् बढी आश्चर्यमा परे । तपाईँले प्रकाशित
गरेको “विधान”को धारा १३ ९क० मा भन्छ “संविधान र तिनको अधिनमा रही समान
राजनीतिक विचार, सिद्धान्त, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूलाई संगठित गरेर
राजनीतिक काम कारबाही सञ्चालन गर्ने” । हेर्नुस् त कति प्रष्ट छ । यो विश्वका सबै
प्रजातान्त्रिक समाजवादीहरु क्रान्तिका पक्षमा छैनन, उनीहरू विद्यमान बुर्जुवा संविधान र ऐन
कानुन अन्तर्गत नै रहेर काम गर्छन । र जनतालाई समजवादको भ्रम दिन्छन् । उनीहरू त्यही
सीमाभित्रका कुरा मात्र गर्छन् । नेपालका प्रजातान्त्रिक समाजवादीहरू भनेको संगठित रुपमा
हेर्दा अहिले सम्म नेपाली कांग्रेस थियो । त्यसले हिँड्ने मार्ग पनि त्यही हो । नेकपा एमालेको
नेतृत्व पनि जबजकै कुरा गर्छ । तर त्यसले “बुर्जुवा संविधान र ऐन अन्तर्गत” नै हिड्ने कुरा
अहिले सम्म गरेको जस्तो लाग्दैन् । अब नेकपालाई यदि त्यही दिशामा लान सुरु गरेको हो
भने यो घोर दक्षिणपन्थी, यथास्थितिवादी कार्यदिशा हो । यो वर्ग सम्झौतावाद र वर्ग
आत्मसमर्पणवाद हुन्छ । कमरेड प्रचण्ड एकताका नाउँमा तपाईं कस्तो प्रवृतिसँग अँगालो
हाल्न पुगिरहनु भएको छ रु यही हो अबको तपाईंको बाटो रु वैज्ञानिक समाजवादको पक्षपोषण
गर्ने झलनाथ खनाल संग पुर्वाग्रह राख्ने १ अनि लोकतान्त्रिक समाजवाद पक्षधरहरुसँग अंकमाल
रु विधिको बिडम्वना कहिले काँहि अनौठो हुने रहेछ ।
१९। मैले तपाईँद्घारा प्रकाशित गरेको विधान अझै पढ्दै गए । त्यसको त्यहि धारा १३ ९ज०ले
भन्छ “समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण सम्बन्धी
काम गर्ने” यो भनेको यही वर्तमान प्रणालीलाई भनेको होइन रु यही “प्रणालीको सुदृढीकरण”
गर्ने भनेको होइन रु हामी सच्चा कम्युनिष्टहरू वा वैज्ञानिक समाजवादीहरु यो प्रणालीलाई
पुँजीवादी प्रणाली भन्छौं । यो प्रणालीले उपलब्ध गराउने लोकतान्त्रिक परिधि ९म्झयअचबतष्अ
क्उजभचभ० लाई उपयोग गरेर समाजवादी क्रान्ति गर्नुपर्छ र समाजवादी गणतन्त्र स्थापना गर्नुपर्छ
भन्ने हाम्रो एकदम प्रष्ट लक्ष्य हो । तर कमरेड “प्रचण्ड १ तपाईंको विधानले यति प्रष्ट रूपले
यथास्थितिवादको वकालत गरिसक्यो, यति नाङ्गो रूपले यसका पक्षमा खडा भइसक्यो, यसमा
लुकाउन र छिपाउन सक्ने कुनै कुरा छ जस्तो नै मलाई लाग्दैन । तपार्ईँ या त यतिबेला
दक्षिणपन्थी औसरवादका फन्दामा नराम्रो गरि फस्नुभएको देखिन्छ । या तपाई आफैं त्यो
दिशामा गइरहनु भएको हो कि । के भएको हो भन्नेकुरा तपाईँले आफंै जान्ने कुरा हो । तर
तपाईँको अडान यही हो भने तपाईँले पूर्व नेकपा ९माओवादी०मा कार्यरत सारा नेता
कार्यकर्तालाई विश्वासघात गरेको ठर्हछ । उनीहरूले यो कुरा सहन गर्छन् भन्ने मलाई लाग्दैन
। यो बढो गम्भीर कुरा हो । तपाईँले पार्टीलाई पुनर्गठन र रूपान्तरणतिर होइन कि विघठन
र विसर्जनतिर लादैं हुनुहुन्छ गम्भीर भएर सोच्नुहोस । तपाईंसंग भएको लचकता ९म्थलबmष्कm०
यहाँनेर आइपुग्दा वर्ग आत्मसमर्पणवादमा खसेको देखिन्छ ।
२०। कमरेड प्रचण्ड त्यति मात्र होइन उक्त विधानको धारा १३ ९ञ० मा भनिएको छ,
“लोकतन्त्रको प्रवर्धन, विकास र सुदृढीकरणका लागि आवश्यक काम गर्ने” । यो नेकपाको
लक्ष्य र उद्देश्य भनिएको छ । अब म तपाईँलाई प्रश्न गर्छु । यो कुन लोकतन्त्रको कुरा गरेको
रु यही विद्यामान पुँजीवादी संसदीय लोकतन्त्रलाई भनेको होइन रु यो यथास्थितिवाद र वर्गीय
आत्मसमर्पणवादको अर्को खतरनाक रुप हो कमरेड १ माक्र्सवादले हामीलाई मार्गदर्शन
गरेअनुसार लोकतन्त्र आफै वर्गीय हुन्छ । त्यो वर्ग निरपेक्ष हुँदैन । लोकतन्त्र भनेको आफैं
कुनै आदर्श वर्ग निरपेक्ष व्यवस्थाको नाम होइन । ऐतिहासिक रूपले लोकतन्त्रका चारवटा
वर्गस्वरूप हुन्छन् । दासकालीन लोकतन्त्र, सामन्तवादकालीन लोकतन्त्र, पुँजीवादी लोकतन्त्र
र समाजवादी लोकतन्त्र यी चारवटा वर्गीय लोकतन्त्रहरू हुन । हामी अहिले पुँजीवादी
लोकतन्त्रको चरणबाट अघि बढ्दै छौ । हामी यसलाई “सुदृढीकरण र सम्बर्धन” होईन, यसलाई
अधिकतम रूपले उपयोग गर्दै नेपाली जनता र समाजलाई समाजवादी लोकतन्त्रमा उठाउन
चाहन्छौं । हाम्रो क्रान्तिकारी लक्ष्य त्यो हो । तर कमरेड १ तपाईँको विधानले त यही चालु
लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरा गर्छ । यहाँभन्दा अर्को यथास्थितिवादी दक्षिणपन्थी भड्काउ
अरु के हुनसक्छ रु तपाईँ औसरवादी समूहको फन्दामा कसरी यति नराम्ररी फस्नु भएको रु
मेरो आग्रह छ, अझैपनि त्यसबाट निस्कने कोसिस गर्नुहोस् । नत्र तपाईँले धेरै कमरेडहरूलाई
गुमाउनुपर्नेछ र तपाईको हिजोको क्रान्तिकारी छवि पनि समाप्त हुनेछ ।
२१। यो छोटो अवधिमा नेकपा भित्र बडो अनौठो र आश्चर्यजनक स्थिति पैदा हुँदै गएको छ
। यी माथिका तथ्यहरूले नेकपा अब सोझै दक्षिणपन्थी भासतिर जाँदैछ । अब चार सिद्धान्तको
अनुसरण भन्ने कुरा पनि ओठे गफ मात्र हुन पुग्छ । त्यसले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शन
सिद्धान्त मान्ने कुरा एउटा बाहिरी आवरण मात्र रहेको देखाउँछ । वैज्ञानिक समाजवादको सट्टा
“लोकतान्त्रिक समाजवाद” वकालत गरेपछि पार्टीको क्रान्तिकारी लक्ष्य नै समाप्त हुन्छ ।
त्यति भएपछि अब नेकपाले अघि सार्ने कार्यक्रम नीति, सिद्धान्त, लक्ष्य, रणनीति र कार्यनीति
सबै नै दक्षिणपन्थी भासमा जानु अनिवार्य छ । यस्तो अवस्थामा अब तपाईँले आफूलाई
दक्षिणपन्थी घेराबाट मुक्त गर्न सक्नुहुन्छ रु तपाई कसरी सक्नुहुन्छ रु यो तपाईंको राजनीतिक
जीवनकै निम्ति ठुलो चुनौतिको कुरा हो । सकेसम्म निस्कने कोसिस गर्नोस । म तपाईलाई
वैचारिक–सैद्मान्तिक रुपले हरेक प्रकारले मद्दत गर्न सक्छु र तयार छु ।
२२।कमरेड प्रचण्ड १ म तपाईँलाई अहिले पनि आदर नै गर्छु । तपाईँ नेकपाको एउटा अध्यक्ष
समेत रहनुभएको थियो, त्यतिबेला तपाईं र कमरेड केपीले एउटै “जेट इन्जिनका दुईवटा
पाइलट” घोषणा गर्नुभएको थियो । सुन्दा बढो आनन्द पनि लाग्थ्यो । साँच्ची नै यी “दुई
पाइलट”ले यो नेकपा रुपी महाजेटलाई गन्तव्यमा पुर्याउन सक्छन् त रु यो प्रश्न कहाँ कहाँ
अन्तस्करणमा उठिरहन्थ्यो । हेर्दै जाँदा त गन्तव्यमा होइन, तपाईंहरुले त्यो जेटलाई एउटा
अकल्पनीय र बिनासकारी दुर्घटनामा पु¥याउन पुग्नुभयो । खैर दुवै पाइलटको बराबर भूमिका
थिएन होला । त्यो समीक्षाको विषय होला तर त्यो जेट हेर्नुस् त टुक्राटुक्रा र छरपष्ट बन्न
पुगेको छ । यो देख्दा दःुख लाग्दैन रु यो कसको असफलता हो रु त्यसो हुनमा तपाईं आफ्नो
कमजोरी देख्नुहुन्न रु
२३। अहिले तपाईँले “२६ वटा घटकहरू” एकताबद्ध गरेर अर्को नेकपा घोषणा गर्नुभयो ।
यसपटक पनि तपाईँले पहिलेको जस्तै “संयोजक र सहसंयोजक” बनाउनुभएको छ । के यो
त्यही “दुई पाइलट”को अर्को संस्करण हो रु त्यतिबेला त दुई पार्टी एकीकृत भएकाले दुई
पाइलट राखियो भनेर तर्क सम्म गर्न सकिन्छ । तर अहिलेको “संयोजक र सहसंयोजक”को
औचित्य के छ रु एउटा संयोजक बनेर पार्टी चलाउन किन नसक्ने रु के अब महाअधिवेशन
गर्दा पनि यस्तै सेटिङ गर्नुहुन्छ रु अब कार्यकर्ताले त्यस्तो सेटिङ स्वीकार गर्लान रु कमरेड १
राम्ररी विचार गर्नोस १
२४। कमरेड १ लौ एकछिनलाई माने १ तपाईँले अर्को घटकको “नेता”लाई पनि “सहसंयोजक”
बनाएर राख्नुभयो । एकतामा त “२६ घटक” आएका होइनन् र रु अरु घटकका नेताहरुलाई
चाहिँ किन यत्रो अपमान रु महेन्द्र राय तराईका वरिष्ठ नेता हुनुहुन्छ, वहाँलाई पनि सहसंयोजक
बनाएको भए सारा तराई क्षेत्रमा कति राम्रो सन्देश जान्थ्यो ११ तर त्यो गर्न सक्नुभएन । त्यसरी
नै नेपालको कम्युनिष्ट आन्दोलनका एउटा प्रखर देशभक्त र जुझारु नेता भीम रावललाई
मात्र पनि किन सहसंयोजक बनाउन सक्नुभएन रु तपाईँले अत्यन्तै विश्वास गरेका र उनका
वचनलाई टार्नै नसक्ने व्यक्तिहरु तपाईंका वरिपरि हुनुहुन्छ । तर भीम रावल तिनीहरू भन्दा
कैयौँ गुणा योग्य, क्षमतावान र जुझारु नेता हो, तुलनात्मक रूपले युवा नेता पनि हो ।
वहाँलाई समेत सहसंयोजक किन बनाउन सक्नुभएन । अरु पनि धेरै घटकका योग्य नेताहरु
एकताबद्ध बन्नुभयो । तर उनीहरू कोही पनि किन “सहसंयोजक”मा मात्र पनि अट्न सकेनन
। एउटा घटकलाई सम्मान र अरु घटकलाई किन अपमान रु भेदभाव भएन रु यस्ता कुराले
पार्टी भित्र भावनात्मक एकता सृजना गर्न सक्छ रु विचार गर्नोस ११
२५। त्यति मात्र होइन तपाईंले कसैसँग सल्लाह नै नगरी एकलौटी रुपमा ४५ जनाको “केन्द्रीय
संयोजन समिति” बनाउनुभयो । त्यसको पहिलो बैठकमा धेरै साथीहरुले “एकलौटी” गरेकोमा
र कुनै मापदण्ड बिना समिति बनाएकोमा गम्भीर आपत्ति गर्नुभयो । मैले पनि गरे । त्यही
बेला कमरेड भीम रावललाई तपाईंहरुले एकता गर्दा “छैटौं बरियतामा राख्ने” सहमति
गर्नुभएको रहेछ । तर भीम रावललाई त्यो बरियातामा राख्न “माधव नेपाल र वहाँका दुई
सहयोगी” तयार भएनछन । वँहालाई बणानुक्रम अनुसार तल झारिएछ । त्यो थाहा पाएपछि
पहिलो संयोजन समितिको पहिलो बैठकमा नै कमरेड भीम रावलले प्रश्न उठाउनुभयो ।
तपाईले केहि पनि बोल्न सक्नु भएन । मलाई लाग्यो माधव नेपालको सामु प्रचण्ड कमरेड
लाचार भएर चुप हुनुभयो । त्यो कमरेड भीम रावलमाथि अन्याय पनि थियो र अपमान पनि
थियो । तपाईंले वरियता केलाउँदा बुझ्नुपर्छ कमरेड भीम रावल नेकपा ९एमाले०को उपाध्यक्ष
र उपप्रधानमन्त्री भइसकेको व्यक्ति हो । कुन तर्कका आधारमा “माधव नेपाल”ले “आफ्ना दुई
सहयोगी” भन्दा भिम रावललाई जुनियर देखाउनुभयो रु यो अन्याय भएन रु कमरेड १ तपाईँको
यो विवशता र वाध्यता देखेर मलाई गहिरो दुःख लागेको छ । तपाईँले त्यसै दिन त्यत्रो
तामझामका साथ “एकीकरणमा” ल्याएको एउटा घटकको नेता नै वैठकबाट बाहिरिन बाध्य
हुनुभयो । यो पार्टी एकतामा ठूलो नोक्सानी होइन , एउटा व्यक्तिको मानका निम्ति अरुमाथि
अपमान किन रु
२६। तपाईँले मसँग पनि एकता गर्दा “तपाईँलाई तेस्रो बरियातामा” राख्छु भन्नुभयो । मैले
कुनै बरियाताको माग गरेको थिइन । मैले चार सिद्धान्त, वाम एकता र माथि ९३,४र५०
नम्बरमा भनेका कुरामा मात्र बढी चासो राखिरहेको थिएँ । मैले तपाईँलाई तीनजना पूर्व
प्रधानमन्त्रीहरू एउटै हैसियतका हुन, संयोजक र सहसंयोजक तीनजना भएपनि त हुनसक्छ
मैले भनेको थिएँ । तर त्यसलाई मैले कुनै अडानका रुपमा भनेको थिइन । म सकेसम्म
वैचारिक र राजनीतिक अडान कहिल्यै र कुनै अवस्थामा पनि छोड्दिन र छोड्नै सक्दिन ।
तर पद जस्ता कुरा मलाई ठूला कुरा लाग्दैनन् । तर कसैले पनि अपमान गर्छ भने म त्यो
कुरा भने कहिल्यै पनि स्वीकार गर्न सक्दिन । “केन्द्रीय संयोजक समितिको” बैठक सुरु भएको
केही दिनपछि मलाई तपाईँले भन्नुभयो “कमरेड भीम रावललाई ल्याउन अप्ठ्यारो पर्यो,
वहाँले अल्फाबेटिक अर्डरमा नाम लेख्न मान्नुभएन । संयोजक बाहेक सबैको बर्णानुक्रममै राखे
म आउँछु भन्नुभयो । के हुन्छ भनेर मलाई सोध्नुभयो । मैल यसो सोचे भिम रावल जस्तो
एउटा योद्धा आउने हो भने ठिक छ । म त लचिलो हुन तयार छु” भने उहाँले “धन्यवाद”
भन्नुभयो । तर फेरि लेख्ने बेलामा भने “संयोजक र सहसंयोजक सुरुमा अनि बर्णानुक्रम”
गरिएछ । मलाई त्यो पनि झेली कुरा लाग्यो । भीम रावल आउनुभएछ भने छलफल गरौँला
। मलाई बणानुक्रममा झारेपछि पार्टी एकता हुने रहेछ कि भन्दै म बैठकतिर लागेँ । अहिले
प्रष्ट भयो त्यो त मलाई समेत अपमान गर्ने जाल पो रहेछ । अहिले पार्टीमा जारी भएको
अपानीले त्यो कुरालाई पनि प्रष्ट पार्यो । आखिर भीम त आउनु भएन । सायद यो पनि माधव
नेपालकै सकुनी जालको परिणाम होला । भीम कमरेडलाई ल्याउने सर्तमा पो मैले पनि मानेको
हो । यो सुनियोजित रुपले मलाई अपमान गरेको भएन १ प्रचण्ड कमरेड १ तपाईं यस्तो खेलमा
किन लाग्नुभएको छ । यो त धेरै तल्लो स्तरका खेल होइनन र रु
२७। कमरेड प्रचण्ड १ तपाईं संयोजक भएको पार्टी २०८२ सालको कार्तिक १९ गते एकीकृत
भयो । त्यहाँ देखि आजसम्म आउँदा ७ महिना पुग्दैछ । यति लामो समयसम्म पार्टी भित्र
“एकीकरण” मात्र पनि भएको छैन । माथिदेखि तलसम्म कमिटीहरु बनेका छैनन् । धेरै
साथीहरू निस्क्रिय बनिसके । कति अन्य पार्टीहरूतिर गै पनि सके । जो पर्खेर बसेका छन् ,
उनीहरू पनि निरास छन् । खोई पार्टी बन्ला के भन्ने गम्भीर प्रश्न आम कार्यकर्ताको मनमा
छ । माधव जी लाई पद, विदेश भ्रमण भएपछि पुग्छ तर तपाईँ त निकै मानिसहरूले भरोसा
गरेको नेता हो । यो सात महिनाको अवधि तपाईँको पनि एउटा परीक्षाको घडी थियो । त्यसमा
सफल हुन किन सक्नुभएन रु यो पार्टी त क्रमश विघठनतिर उन्मुख छ । अब एकीकरणका
नाउँमा शिला खोजेर बनाएका कमिटीहरुले के गर्न सक्छ रु तपाईँलाई सम्झना होला केन्द्रीय
संयोजन समितिको प्रथम बैठक १९ चैत्र ०८२ मा सुरु भएर वैशाख २५ गते सम्पन्न भएको
थियो । एक महिना र छ दिन बैठक बसेको थियो । त्यो लामो बैठकमा सबैजसो कमरेडहरूले
धेरै महत्वपूर्ण विचार , विश्लेषण राख्नुभएको थियो । तर ती विचारहरूको कति पनि संश्लेषण
हुन सकेन । अन्त्यमा संयोजक र सहसंयोजकले प्रस्तुत गरेका कुराले कसैलाई चित्त बुझेन ।
धेरैले “खोई के निष्कर्ष भयो त रु नयाँ कुरा के आयो त रु के लिएर जाने तल रु” भनेर
आफ्ना असन्तुष्टि सुनाउनुभयो । नेतृत्वले एउटा प्रष्ट कार्यदिशा, नीति, सिद्धान्त र अघि जाने
बाटो देखाउनुपर्ने थियो । कार्यकर्ता पंक्तिलाई उत्साहित बनाएर पठाउने होइन र रु तर त्यस्तो
केही पनि भएन । तपाईँको नेतृत्व क्षमता यस्तै हो भने यो पार्टीको भविष्य सोच्नुपर्ने स्थितिमा
पुगेको छ । आफ्नै बारेमा गम्भीर रूपले सोच्नुहोस् । मलाई त त्यो वैठकका निस्कर्ष एक रति
पनि चित्त बुझेन ।
२८, त्यति लामो समय सम्म संयोजन समितिको वैठक बसेर कार्य विभाजन गर्दा पनि सबै
विशेषताहरु , क्षमताहरु , वहाँहरुका अनुभवहरु र पार्टीलाई खास पक्षमा योगदान गर्न सक्ने
आधारहरु प्रस्तुत होलान । सबै बिषयहरुका बारेमा सामुहिक छलफल बाट नै एउटा निष्कर्ष
निकालिन्छन होला भन्ने सोचेको थिए । तर कसैका रुची पनि सोधिएन । विशेषताहरु प्नि
सोधिएन । अनुभवहरु के मा छन भन्ने खोजीनीति पनि गरिएन । कुनै सानो कोटरी बिच
भएको सल्लाहका आधारमा होला तपाईले मेरो वाहेक फटाफट अरुका विभाग प्रमुखहरुको
नाम घोषणा गर्नु भयो । त्यसमा कुनै छलफल पनि छैन । कसैको विचार सुन्ने पनि होईन ।
अब कमिटीमा छलफल नहुने , सदस्यहरुका कुरा नसुन्ने र नेताले जे ल्यायो त्यहि मान्नै पर्ने
हो भने कमिटीको वैठकको के अर्थ हुन्छ रु खोई कमिटीको भुमिका रु कम्युनिष्ट पार्टी कमिटी
प्रणालीबाट चल्छ , सबै कुरा कमिटीमा सामुहिक रुपले छलफल हुन्छ र कमिटीले सामुहिक
रुपले निर्णय गर्छ । कम्युनिष्ट पार्टीको पद्दति त यो हो । म लगायत सबैको कार्यविभाजन
कमिटीले नै गर्नुपर्ने होईन र रु तपाईले सुनाएको कार्य विभाजन अरु पनि धेरै कमरेडहरुलाई
चित्त नबुझेको पाए । आखिर झलनाथ खनाललाई चाँही कुनैपनि जिम्मेवारी दिईने छैन भन्ने
कुरा पनि तपाईले त्यो कमिटीबाटै निर्णय गराउनु पर्ने होईन रु आखिर मेरा बारेमा कसैको
चुकलीखोरीका आधारमा कसरी तपाई व्याक्तिगत रुपले निर्णय गर्न पुग्नु भयो रु यहि हो
जनवादी केन्द्रीयता , सामुहिक निर्णय र कमिटी पद्दती ११ आखिर चुकली खोरहरुले तपाईलाई
मेरो बारेमा निर्णय गर्न दिईरहेका थिएनन भने पनि कमिटीबाट निर्णय गराएको भए कमसेकम
तपाईलाई त म दोष दिन पाउने थिईन नि १ आखिर चुकलीखोरहरुले अझै पनि तपाईलाई नै
घानमा हालिदिए । तपाईलाई थाहा छ कमरेड प्रचण्ड १ वुद्घले समेत यो चुकलीखोरी कसैले
पनि नगर्न भनेर पंचशीलका रुपमा भिक्षुहरुलाई उपदेश दिनु भएको थियो । हेर्नु त
चुकलीखोरीले आज एउटा कम्युनिष्ट पार्टीमा समेत कस्तो घिनलाग्दो भुमिका खेलिरहेको छ
। हामी सबैले छोड्नै पर्छ यो पथभ्रष्ट प्रवृतिलाई । यो प्रवृतिले त एक दमै घनिष्ट मित्रहरुलाई
, सहयोद्दाहरुलाई र घनिष्ट कमरेडहरुलाई पनि फुटाई दिन्छ । एक आपसमा अविश्वास सृजना
गरी दिन्छ । फटाहा जमिन्दारहरुको चरित्र ठीक यस्तै हुन्छ ।
२९। आखिरमा कमरेड प्रचण्ड १ त्यो वैठकबाट कुनै पनि वैचारीक राजनीतिक कार्ययोजना
पनि बनेन , एकिकरणलाई ठोस ढङ्गले टुङ्गो लगाउन कुनै योजना पनि बनेन । २ जनालाई नै
जे जे लाग्यो त्यहि हिसाबले “कार्य बिभाजन गरियो” र ईन्चार्जहरु र संयोजक ,सहसंयोजक
तोकियो र वैठक सकियो । तपाईंले संयोजन समितिका सदस्यहरूको कार्यविभाजन प्रस्तुत
गर्नुभयो । मैले तपाईँलाई कार्य विभाजनमा कसले के गर्ने भन्ने बारेमा कुरा चल्दा “अन्तर्राष्ट्रिय
सम्बन्ध विभाग” मलाई दिए हुन्छ भनेको थिए । अहिलेको परिपेक्षमा यो सम्बन्धलाई अलि
उचाइबाट अघि लान जरुरी पनि छ भनेर मैले त्यो धारणा तपाईंलाई भनेको थिए । तपाईँको
धारणा सकारात्मक नै थियो । मैले त्यस्तो कुरा बारबार उठाइरहने आवश्यकता पनि ठानिन
। मैले कसैलाई लबी पनि गरिन । गुठ बैठक बसेर कसैको कान पनि भरिन र मैले कतै
चाकडी पनि गरिन । तर भित्रभित्र “झलनाथलाई अन्तर्राष्ट्रिय विभाग दिनुहुन्न” भन्ने लबिङ
भै रहेको रहेछ । मैले निकै दिन अघिदेखी सुन्दै थिए , कैयौँ दिनदेखि माधव नेपाल यहीँ
धन्दामा लाग्नुभएको रहेछ । वहाँका कहिले दक्षिणायन कहिले उत्तरायन हुने चरित्र त मलाई
राम्ररी नै थाहा थियो । अहिले “अन्तर्राष्ट्रिय विभाग” मा “आफूले भनेको मान्ने” व्यक्ति राख्ने
र आफूलाई इच्छा लागेको “देशमा घुम्ने” उहाँको स्वार्थ सबैले बुझेकै हो । कमरेड प्रचण्ड १
तपाईं बैठकको बीचमा नै मतिर पटकपटक हेर्नु हुन्थ्यो र हाँस्न खोज्नुहुन्थ्यो । म पनि हाँसिदिन्थे
। तर तपाईँको अनुहारमा दुविधा , दोधार र चिन्ताका रेखाहरु देखि रहन्थे । किन त्यस्तो भएको
होला रु कतै “सहसंयोजक”को भित्री दबाबले तपाईँलाई घोचि रहेर त होइन १ म घरिघरि
तपाईंको अनुहारबाट यस्तै मनोवैज्ञानिक निष्कर्ष निकाल्थे । नभन्दै जब तपाईँले विभागका
प्रमुखहरूको नाम पढ्न थाल्नुभयो । अरु अरु विभागमा प्रमुखहरूको नाम भन्दै जानुभयो ,
अन्तर्राष्ट्रिय विभाग र अर्को कनै एउटाको चाहिँ पछि सल्लाह गरेर टुङ्गो गर्ने भन्नुभयो । तब
त्यो बैठकमा जे सोच्दै थिए सत्य त्यही नै रहेछ भन्ने प्रष्ट भयो । तपाईं त्यस दिन अनिर्णयको
बन्दी बन्नुभयो वा सहसंयोजकको दबावले कुनै निर्णय गर्न सक्नुभएन । नेताले दबाबका
आधारमा निर्णय गर्छ कि सही र गलत आधारमा रु मेरो यो अर्को यक्ष प्रश्न हो । निर्णय
कमिटीले गर्छ कि ब्यक्तिले गर्छ रु यो अर्को यक्ष प्रश्न हो ।
३०। त्यसपछि कहिले अपानी आउँछ भनेर पार्टी पंक्ति प्रतीक्षा गरिरहेको थियो । तपाईँलाई
मैले एकपटक अलिक गहिरो छलफल गर्ने गरी भेटौँ न भनेर पटकपटक भनेको थिएँ । तर
अनेकपटक भन्दा पनि त्यो समय आएन । मसँग भेट्ने पनि तपाईँलाई कसैको कारणले डर
लागेको हो कि वा भेट्न नचाहेको हो कि म आफै चिन्तन गर्दै थिए । त्यही संयोजन समितिको
बैठक चलिरहेकै बेलामा एकजना कमरेड आउनुभयो र तपाईंसँग भेट्ने समय माग्नुभयो
“भोलि बेलुकातिर आउनु न त १” भन्नुभयो । फेरि बैठक सकिनुभन्दा करिब आधा घण्टा अघि
कमरेड अग्नि सापकोटाले “तपाईँसँग भेट्न पाए हुन्थ्यो” भन्नुभयो । तपाईँले “भोलि बिहान
आउनु नि त १” भन्नुभयो । तपाईँसँग समय नभएको त होइन रहेछ ११ मलाई मनमा अलिक
अनौठो लाग्यो । त्यसपछि चाहिँ म के निष्कर्षमा पुगे भने तपाईँ मसँग या त भेट्न नै
चाहनुहुन्न या मलाई भेटेको अरु कसैले थाहा पाउँछ कि भन्ने डर राख्नुहुन्छ । यी दुईमध्ये
एक कारण हुनुपर्छ भन्ने निष्कर्ष मैले निकाले । तर त्यसपछि हतारिएर मैले अरु केही गरिन १
धैर्यतापूर्वक तपाईँले अब के गर्नुहुन्छ भनेर प्रतिक्षा गर्दै बसे । त्यो प्रतीक्षामा मैले दुई तीन
दर्जन समकालीन वर्ग सङ्घर्षका गीति–कविताहरू लेखेँ । समाजवादी गीतहरू लेखे । मैले त्यही
संयोजक समितिको बैठकमा पनि “हाम्रो बाटो सधैंभरि सरल रेखा हुन्न” शीर्षकको गीति –
कविता सुनाएको थिएँ । त्यसैले म घटनाक्रमलाई खाली वर्ग–संघर्षको धरातलबाट मात्र होइन
त्यसको प्रतिबिम्ब भावनात्मक सांस्कृतिक धरातलबाट पनि हेर्छु । मलाई भेटै दिन पनि त्यत्रो
गाह्रो थियो भने आखिर मलाई एकतामा आउन किन त्यत्रो आग्रह गरेको कमरेड १ तपाईमा
यत्रो ठुलो परिवर्तन त्यहि “चुकलीखोरी” ले ल्याएको हो त रु
३१। हुँदाहुँदै एउटा अनौठो बिहान आइपुग्छ । तपाईंका पि।ए। कमरेड गोविन्द आचार्यले “भोलि
बिहान तपाईँलाई भेट्न बोलाउनुभएको छ” भन्नु भयो । मेरो दिमागमा हठात खुसीका तरङ्गहरू
प्रकट भए । मैले “हुन्छ म आउँछु” भने । तर तुरुन्तै मेरो मनमा आशंकाका तरङ्गहरु पनि
उठे । मैले विभिन्न प्रकारका सूचनाहरू त पाइ नै रहेको थिएँ । माधव नेपालका खेतालाहरूका
बारेमा पनि सुन्दै बुझ्दै आएको थिए । वहाँले कमरेड प्रचण्डलाई निरन्तर दबाब दिइरहनुभएको
छ । वहाँ झलनाथ खनाललाई अन्तर्राष्ट्रिय विभाग दिएमा आफूले कुनै हालतमा पनि अस्वीकार
गर्ने तर्क गरिरहेको पनि म बुझिरहेकै थिए । मलाई यो पनि थाहा छ, माधव नेपालले दिएको
उक्त दबाव स्वार्थपूर्ण दबाव हो, संकीर्ण दबाव हो र त्यो पूर्वाग्रहपूर्ण दबाव हो । त्यो वहाँको
निम्न पुँजीवादी चिन्तनको परिणाम हो । यस्तो प्रवृती र चरित्र वहाँको नयाँ होइन । धेरै लामो
कालदेखि मैले देख्दै, भोग्दै कति पटक वेवास्ता गर्दै कति पटक प्रतिकार गर्दै आएको हो ।
इतिहासका ती रोचक अनुभव र अनुभूतितिर अहिले म जान चाहन्न । तर मैले माधव नेपालको
चर्को दबावका सामु कमरेड प्रचण्ड कसरी उभिनुहुन्छ रु वहाँको अडान कस्तो हुन्छ रु वहाँ
सही र गलतका आधारमा निर्णय गर्नुहुन्छ कि दबाव र बाध्यतामा निर्णय गर्नुहुन्छ रु यो
नेपाली कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी दिशातिर लानुहुन्छ कि जबज र समाजवादलाई मुछेर
सामाजिक जनवादी पार्टी बनाउन चाहनुहुन्छ रु मेरो दिमागमा यी प्रश्नहरू खेलिरहेका थिए
। त्यस्तो बेलामा मलाई भेट्न बोलाइयो ।
३२। म सधैँ झैँ शान्त भावले पार्टीको संयोजकले बोलाएको हुनाले किन बोलाएको हो ती कुरा
सुन्न बडो जिज्ञासा पूर्वक तपाई बसेको ठाउँमा आए । भेटघाटको प्रतिक्षामा कमरेड अमनलाल
मोदी र अरू केही साथीहरू पर्खिरहनु भएको रहेछ । म साथीहरूलाई अभिवादन गर्दै अघि
बढे । कमरेड गोविन्द आचार्यले मलाई सोझै कमरेड तपाई रहेको कोठामा लानुभयो । हामीले
अभिवादन, सन्चो बिसन्चो साटासाट गर्यौँ । मैले तपाईलाइँ शान्त मुद्रामा देखिन । तपाईमा
एक प्रकारको छटपटी र चिन्ता हेर्ने बित्तिकै देखिन्थ्यो । तपाईले अन्तर्राष्ट्रिय परिस्थितिमा
प्रकट भएका जटिलता र सम्राज्यवादी शक्तिको आक्रमकताबाट कुरा सुरु गर्नुभयो । फेरि
त्यसलाई टुङ्गोमा नपुर्याउँदै बालेन सरकारका गतिविधिका बारेमा कुरा गर्न थाल्नुभयो । फेरि
त्यो पनि प्रसङ्ग टुङ्गोमा नपुर्याउँदै पार्टी कसरी बलियो बनाउने भन्ने कुरा गर्न थाल्नुभयो । म
तपाइको एजेन्डा के हो आजको भनेर विचार गर्दै थिएँ । तपाईले यी विभिन्न कुरातिर लानुको
अर्थ भन्न खोजेको एजेन्डामा आउन गाह्रो भएको हो कि भन्ने अनुभूति गरे । तर पनि
तपाईलाई सजिलो होस् भनेर तपाईले उठाएको साम्राज्यवादको आक्रमकता कै विषयमा थोरै
कुरा राखे । विश्वशक्ति सन्तुलनमा आइरहेको पछिल्लो परिवर्तन, विश्व बहु धुर्वीकरणतिर
जान थालेको र एक छत्र प्रभुत्वबाट अमेरिका क्रमैसँग पछि हट्न बाध्य हुँदै गएको कुरा गरे
। तर तपाईको ध्यान मेरो कुरामा बिल्कुलै केन्द्रित भएन । तपाई अरु नै केही भन्न खोजिरहनु
भएको थियो । तर प्वाक्क भन्न गाह्रो परिरहेको थियो । त्यो अवस्थामा मैले तपाईलाई १०
वर्ष जनयुद्ध गरेर बाहिर निस्कँदा तपाईले विजय कुमार पाण्डेलाई दिएको अन्तर्वार्ता को प्रसङ्ग
सुनाए । सुरुबाटै त्यत्रो जोखिमपूर्ण सङ्घर्षबाट बचेर आएको योद्धा, धेरै मान्छेले तपाईँलाई चर्को
कम्युनिस्ट भनेर भन्छन् भन्ने कुरा सुनाउँदै तपाईले छाप्न लगाएको “नेपाली कम्युनिस्ट
पार्टीको अन्तरिम विधान – २०८२” को पुस्तिका देखाएर भने कमरेड तपाईं कहिले देखि
प्रजातान्त्रिक समाजवादी बन्नुभयो रु यो विधानले त यो नेपाली कम्युनिष्ट पार्टी त सामाजिक
जनवादी पार्टी वा प्रजातान्त्रीक समाजवादी पार्टी भएको देखाउँछ नी भनेर सोधे । तपाईले
“हँ त्यस्तो छ र” भन्नुभयो । तर तपाईको ध्यान त्यस कुरामा पनि केन्द्रित हुन सकेन ।
तपाईको दुविधा झलनाथलाई कुनै महत्वपूर्ण जिम्मा दिनुपर्छ भन्ने पनि लागेको तर माधव
नेपालको चर्को दबाबले त्यो गर्न पनि नसकेको भन्ने मैले महसुस गरे । त्यसपछि घडी हेर्दै
तपाईले भन्नुभयो “झलनाथजी तपाईं अर्को कुनै विभागमा बस्नुहुन्छ रु” मैले भने यो पार्टीको
आवश्यकता र मेरो रुचि तपाईंलाई बताइसकेकै छु । त्यसपछि तपाईले “ल १ अब तपाईंलाई
अन्तर्राष्ट्रिय विभाग दिन सकिएन , तपाईं खाली नै बस्नोस्” भन्नुभयो । मैले “ठिकै छ तपाईंले
आफूले चाहे अनुसार गर्नुस् मैले पनि कुनै जिम्मा नपाएपछि आफू खुसी गर्ने भए” भनेको
मात्र के थिए नेकपा ९एमाले०का सचिवालय सदस्य कमरेड लेखराज भट्ट स्वाट्ट ढोका खोलेर
भित्र बस्नुभयो । वातावरण अचानक बदलियो । लेखराज कमरेडसँग हात मिलाइयो , अभिवादन
गरियो , सन्चो बिसन्चो बुझियो । मेरो दिमागमा झट्ट एउटा चित्र तरङ्गित भयो । निर्वाचन
अघि मैले कार्यगत एकता गर्न र दुई पार्टी मिलेर चुनाव लड्न खुब आग्रह गरे । वहाँले सुन्दै
सुन्नुभएन । माधव नेपाल त “एमालेलाई सिध्याएर मात्र आफ्नो पार्टी बन्छ” भन्ने मान्छे वहाँले
एकताको कुरा सुन्ने कुरै थिएन । मैले गुण्डु मै पुगेर कमरेड ओलीलाई पनि कार्यगत एकताको
लागि आग्रह गरेको थिएँ । तर वहाँले पनि एकतालाई ठाडै अस्वीकार गर्नुभयो । यदि त्यतिबेला
कार्यगत एकता मात्र गरेको भएपनि वामपन्थीहरूले लगभग १०० सिट जित्ने सम्भावना थियो
। निर्वाचनपछि निर्वाचन आयोगले प्रकाशित गरेको तथ्याङ्कले त्यही कुरालाई पुष्टि गर्छ । तर
अहिले आ–आफ्ना दम्म र घमण्डले गर्दा दुवै पार्टीको सर्मनाक पराजय भएपछि भित्रभित्र गुप्त
रुपले फेरि “एकता” को कुरा हुन थालेको संकेत कमरेड लेखराज भट्टको उपस्थितिले दियो ।
मैले “तपाईंहरूको कुरा होला म अहिले हिँडे” भनेर म तपाई संग बिदा भएर हिँडे ।
३३। यसरी कमरेड प्रचण्ड १ तपाईले “एउटा औसरवादी प्रवृति”का सामु झुकेर सही निर्णय
गर्न नसकेको अवस्था देखेपछि कम्युनिस्ट आन्दोलन कस्तो ठाउँमा आइपुगेछ हिजोको मै हुँ
भन्ने नेताहरूको हालत कहाँ पुगेछ १ बडा तितो अनुभूति भयो । मैले नेकपाले केही गर्छ कि
भन्ने आशा गरेको थिएँ । तर नेकपाको नेतृत्व पनि हिजो एमालेबाट विभाजन गरेर बनेको
नेकपा ९एस० नामको पार्टीमा माधव नेपालको नेतृत्वमा जमेको दक्षिणपन्थी औसरवाद,
समाजवादको ओठे स्वीकारोक्ति, जबजको निरन्तरताको रटान, जबजलाई नै “नेपाली क्रान्तिको
मौलिक सिद्धान्त” देख्ने ग्रैर माक्र्सवादी बुर्जुवा दृष्टिकोण जस्ता सिद्धान्तहीन कुराहरू र
लगातारको वहाँले सञ्चालित गरेको नाङ्गो गुठबन्दीले गर्दा नै नेकपा ९एस० हिँड्दा हिँड्दै थला
पर्यो । त्यो हिँड्नै नसक्ने भएपछि नेकपा ९माओवादी० पार्टीसँग यो “एकता” गरियो । अहिले
देखि रहेछु ठिक त्यही दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वलाई समेत
गम्भीर प्रभाव पारी सकेछ । अब के १० वर्ष सशस्त्र सङ्घर्ष गरेका, जीवनलाई हरपल जोखिममा
राखेर संघर्ष गरेका, प्रतिक्रियावादी सत्ताका गोलीका बर्षाहरुबाट आफ्ना ज्याान बचाउँदै
आएका र वैज्ञानिक समाजवादको सपना बोकेर जस्तोसुकै बलिदान गर्न पनि तयार भएर
हिँडेका पूर्व नेकपा ९माओवादी०का कयौं नेता र कार्यकर्ताहरुले अब जबजलाई स्वीकार गरेर
जान सक्छन् रु लोकतान्त्रिक समाजवाद उहाँहरूको लक्ष्य बन्छ रु यो प्रश्न नेकपाका सबै नेता
कार्यकर्ताहरूको सामु उठेको छ । कमरेडहरू सोच्नुहोस् १ कुनै पनि देशको क्रान्ति वा निर्माणको
ऐतिहासिक प्रक्रियामा त्यो क्रान्ति वा निर्माणलाई हाकिरहेको कम्युनिष्ट पार्टीले सही वैचारिक
– राजनीतिक कार्यदिशा लिइरहेको छ कि छैन , त्यस कुराले नै क्रान्ति वा निर्माणको विजय
वा पराजयको सुनिश्चिता गर्छ । तर कमरेड प्रचण्ड १ तपाईको नेतृत्वको “कार्यदिशा” ले
पार्टीलाई कता लान खोजिरहेको छ रु सबैले गम्भीर हुनुपर्ने बेला आएको छ ।
३४। आज हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा यस्तो पराजय भोग्नुको मुख्य कारण भनेको
नै आन्दोलनको नेतृत्वले अख्तियार गरेको दक्षिणपन्थी कार्यदिशा, नीति र कार्यक्रम हो ।
त्यसलाई जबसम्म आधारभूत रूपले नै सच्याउन सकिन्न । तबसम्म न पार्टी एकीकृत हुन्छ
न पुनर्गठित हुन्छ र न समाजवादी क्रान्तिले नै गति लिन्छ । सबै कुराको निर्णय सही नीति
र नेतृत्वले नै गर्छ भन्ने कुरा अहिलेसम्मका अनुभवले देखाइनै सकेका छन् । सहि कार्यदिशा
र सही नेतृत्व अब पनि बनाउन सकिएन भने यो गम्भीर पराजय भोगिरहेको आन्दोलनलाई
उठाउनु गाह्रो छ । म यो पार्टीमा एकता गर्न आउँदा “तपाईँ पनि कुनै हालतमा एकतामा
आउनुपर्छ नत्र भने एकता अधुरो हुन्छ । तपाईंका केही कुरा छन् भने कमरेड प्रचण्डसँग
छलफल गर्नुहोस् र कुरा मिलाएर तपाईं पनि एकतामा आउनुपछर्” भनेर धेरै आग्रह गर्ने
नेतामध्ये कमरेड हरिबोल गजुरेल पनि हो । तर एकता घोषणापछि पार्टी एकीकरण पनि नहुँदै
चुनावी प्रक्रियामा “एकजना बागी उम्मेदवारलाई समर्थन गरेको”े आरोपमा पार्टीबाट सोझै
निष्कासनको कारबाही गरिएको रहेछ । मैले त्यो कुरा थाहा पाएपछि त्यो प्रक्रिया ठिक लागेन
। मैले प्रेसबाटै थाहा पाएकाले प्रेसमा नै त्यस बारेमा केही टिप्पणी पनि गरे । तर कमरेड
हरिबोल जस्तो केन्द्रीय तहको नेतामाथि गरिने कारबाही त्यस्तो ठाडो र निरंकुशतापूर्ण हुन्छ
र रु वहाँले गरेको गल्ती के थियो हामी कसैलाई थाहा भएन र थाहा पनि दिइएन । वहाँबाट
भएको गल्ती कुन प्रकृतिको थियो वहाँले कुनै वैचारिक राजनीतिक वा सैद्धान्तिक गल्ती गरेको
थियो कि रु वा पार्टी, विधान, पद्धति केही उल्लङ्घन मात्र भएको थियो कि रु वा कुनै निर्णय
पालनामा कमजोरी थियो कि रु वा पार्टी र क्रान्ति विरोधी गम्भीर अपराध नै भएको थियो रु
कम्युनिस्ट पार्टीले कुनै पनि कमरेडहरू वा पार्टी सदस्यलाई उनीहरूले गरेको गल्तीको स्वरूप
छुट्याउँछ र त्यो स्वरूप र गल्तीको डिग्री अनुरुप कारबाहीको रूप अपनाइन्छ । सामान्य
चेतावनी, गम्भीर चेतावनी, पदाधिकारी भए पदबाट निलम्बन , कमिटीबाट निलम्बन ,
कमिटीबाट निष्कासन, पार्टी सदस्यबाट निलम्बन, सदस्यबाटै निष्कासन, कारबाहीका अनेक
रूप हुन्छन् । प्रचण्ड कमरेड १ आखिर कमरेड हरिबोल गजुरेलबाट कुन प्रकारको अपराध
भएको थियो र त्यसरी ठाडै पार्टीबाट निष्कासनको कारबाही भएको हो रु सामान्यतः जसलाई
जुनसुकै तहको पार्टी सदस्यलाई पनि कारबाही गर्नुपर्दा पहिले त स्पष्टीकरण लिइन्छ । तर
सच्याउनै नसकिने गम्भीर पार्टी र क्रान्ति विरोधी अपराधमा मात्र निष्कासनको कारबाही गर्ने
गरिन्छ भन्ने मलाई लाग्छ । त्यसरी नै गरिएको कारबाहीलाई पनि पार्टीको सम्बन्धित वा
माथिल्लो कमिटीबाट अनुमोदन गराउनुपर्छ । यो कम्युनिष्ट पार्टीको विधान र अनुशासनको
आम नियम हो । तर कमरेड हरिबोल गजुरेलको केसमा निष्कासनको निर्णय सुनियो । तर
त्यसलाई संयोजन समितिको बैठकमा सुनाउँदा पनि सुनाइएन , अनुमोदन पनि गराइएन ,
यस्तै हो पार्टीको विधान रु यही हो पार्टी पद्धतिरु यसरी नै पार्टी नेता वा कार्यकर्तामाथि
कारबाही हुने हो रु मैले जानेको बुझेको, आफै गठन गरेको, आफै सञ्चालन गरेको र
अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका थुप्रै कम्युनिष्ट पार्टीहरूमा त यस्तो पद्धति छैन , पाइँदैन । के यो
पनि जबजको “मौलिक सिद्धान्त” बाट प्राप्त भएको नयाँ नियम हो रु यस बारेमा सिङ्गो पार्टी
र कम्युनिष्ट आन्दोलनलाई नै प्रष्ट पार्नपर्छ भन्ने मेरो माग छ । पार्टीमा संस्थागत विधि रहेन
भने यात अराजकता पैदा हुन्छ वा त्यसको विपरित अधिनायकवाद प्रकट हुन्छ ।
३५। अहिले नेपाली कम्युनिष्ट पार्टीको नाममा जारी भएको पार्टीको “अन्तरिम विधान”लाई
हेर्दा एउटा खिचडी विधानको चित्र सामु आउँछ । प्रथमतः त्यसका केही वाक्य वाक्यंशको
आधारमा हेर्दा त्यो जबजका कुनै पण्डितले लेखेको जबजवादी विधान जस्तो देखिन्छ । दोस्रो
कोणबाट अरु केही वाक्य वाक्यांशलाई हेर्दा यो “प्रजातान्त्रिक समाजवादी” पार्टीको विधान
जस्तो देखिन्छ । अझै तेस्रो कोणबाट अन्य कतिपय वाक्य र धाराहरूलाई हेर्दा यो
यथास्थितिवादी वर्तमान संविधानवादी विधान जस्तो देखिन्छ । चौथो कोणबाट हेर्दा यहि
वर्तमान “संसदीय पुँजीवादी लोकतन्त्र”लाई नै “संवर्धन, संरक्षण र विकास” गर्ने विधान
देखिन्छ । पाचौं अझै अर्को कोणबाट हेर्दा वर्तमान निर्वाचन आयोगको डिक्टेसनमा बनाएको
विधान जस्तो पनि देखिन्छ यो पाचौं कोण भयो । छैटौं कोण बाट हेर्दा भने यो कुनै समाजवादी
पार्टीको विधान पो बनाउन खोजेको हो कि भनेर शंका गर्नु पर्ने पनि देखिन्छ । कमरेड
प्रचण्ड १ यो तपाईँले नै लेखेको हो कि कोही खेतालालाई लेख्न लगाएको हो मलाई थाहा छैन
। कसैलाइ पनि लेख्न लगाउन त नसक्ने कुरा हुँदैन, तर तपाईँले आफै पढेर स्वीकृति गरेको
विधान हो कि होइन रु मलाई शङ्का लागिरहेको छ । यो त एउटा सार संग्रहवादी खिचडी
विधान हो । यो विधानलाई एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको विधान भन्न मिल्दैन र
सकिँदैन । यस्तो विधान बाट पार्टी बन्दैन र चल्दैन पनि ।
३६। कमरेड प्रचण्ड १ यी सबै कुराले गर्दा नेपाली कम्युनिष्ट पार्टी बन्ने दिशामा भन्दा पनि
विघटनको दिशामा गै रहेको देखिन्छ । तपाईहरु जहाँ गै रहनु भएको छ , त्यहाँ नै सम्वन्धित
कमिटी तहका कमरेडहरुको ठुलो हिस्सा उपस्थित हुन पनि सकिरहेको छैन । कमरेडहरुमा
दिशाहिनता, निरासा, निस्कृयता, र पलायनका प्रवृतिहरु बढि रहेका छन् । तपाई आफैँमा पनि
अहिले अकर्षण छैन , नेतृत्वमा पनि आशा , भरोसा एकदमै घटेको छ भन्ने कुरा किन बुझ्न
सकिरहनु भएको छैन । यस पटकको निर्वाचनमा पार्टीले तपाई स्वयंमको विश्लेषण र अपेक्षाका
वावजुद शर्मनाक पराजय भएको छ । कार्तिक १९ गते ०८२ मा गरेको एकताको घोषणा देखि
अहिले ७ महिना पुग्दा पनि पार्टी एकिकरण हुन सकेको छैन । तपाईहरुले एकिकरण नै गर्न
सक्नु भएको छैन् , देशको राष्ट्रिय परिस्थितिमा यति ठुलो परिवर्तन भएको छ । राजनीतिक
शक्ति संतुलन मा पनि परिवर्तन भएको छ । यस्को कुनै ठोस विश्लेषण भएको छैन । यो नयाँ
परिस्थिति अनुरुपको नयाँ राजनीतिक कार्यदिशा , नीति र सिद्दान्तहरु अघि सारिएको छैनन् ।
अझ पार्टी कार्यकर्ता र जनतालाई अव कसरी अघि बढ्ने भन्ने बारेमा कुनै स्पष्ट मार्ग दर्शन
छैन । यी सबै कुराले कमरेड तपाईहरुले पार्टी पुर्नगठन गर्न, बनाउन र हाक्न पनि सक्नु
भएको देखिएन । यस्तो अवस्थामा पार्टी महाअधिवेसन सम्म पार्टीलाई व्यावस्थित रुपले
पु¥याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाई संयोजक र सह–संयोजकले संयोजन समितिको बिशेष
वैठक बोलाएर मार्ग प्रसस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित
गर्न कमिटीलाई अधिकार दिनोस, त्यो कमिटीले राष्ट्रिय महाअधिवेसन गर्नका निम्ति पार्टी
केन्द्रीय कमिटीलाई “राष्ट्रिय महाअधिवेसन आयोजक कमिटीमा रुपान्तरण गरोस् । तपाई
आफैंले यो प्रस्ताव गर्नु भयो भने यो पार्टी र कम्युनिष्ट आन्दोलनका निम्ति ठुलो योगदान
हुनेछ । यो तपाईको महानता पनि हुनेछ । त्यसले एउटा उदाहरण पनि प्रस्तुत गर्ने छ । अन्य
पदलोलुपहरुलाई बाटो पनि देखाउने छ । सर्वोपरी रुपमा त्यसले पार्टीलाई नयाँ रक्त संचार
गर्ने छ, पार्टी पंतिमा नयाँ उत्साह र जिज्ञासाको संचार गर्ने छ र पार्टीको पुर्नगठनमा नेपाली
कम्युनिष्ट पार्टीले बाजी मार्ने छ । उचित समयमा उचित निर्णय गर्ने कुराले पार्टी र क्रान्तिलाई
नयाँ मोड दिन सकिने छ ।
हार्दिक क्रान्तिकारी लाल सलाम १
मितिः झलनाथ खनाल
सदस्य
नेपाली कम्युनिष्ट पार्टी डबल इन्भार्तेत कमालाई सिंगल बनाउ
