`

रास्वपाको सचिवालय बैठक जारी, महाधिवेशन र समसामयिक विषयमा छलफल हुँदै

Nepal One HD ४ असार २०८३ १५:३९
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बिहानदेखि जारी रहेको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ।

बैठकमा सचिवालयका सदस्यहरूको उपस्थिति रहेको छ। यद्यपि प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन शाह भने बैठकमा सहभागी नभएको जनाइएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा बसेको बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयहरू बैठकको मुख्य एजेन्डामा रहेका छन्।

त्यसैगरी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जनचासोका विषय तथा सरकारका गतिविधिबारे पनि छलफल हुने बताइएको छ।

रास्वपाले यही असार ७, ८ र ९ गते चितवनमा आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन पार्टी नेतृत्व आन्तरिक छलफलमा जुटिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *