रास्वपा महाधिवेशन : संसद ६ दिनका लागि स्थगित
राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका हुन्।
यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन असार ७ देखि चितवनमा हुने भएकाले सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको छ।
सांसदहरूको उपस्थिति व्यवस्थापन र अन्य कार्यसूचीलाई ध्यानमा राख्दै बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ।
राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
