`

स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते

Nepal One HD ६ असार २०८३ ११:४३
समाचार

दयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा.२ ख ६४३८ नम्बरको बस शुक्रबार बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। ट्राफिक प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको थियो।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ भने दुर्घटनासम्बन्धी अनुसन्धान पनि जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *