`

नेपालमा खाेजी भइरहँदा देउवा दम्पत्ति झुल्किए हङकङमा

Nepal One HD ७ असार २०८३ १२:०९
नेपाली कांग्रेस

काठमाडौं। नेपालमा पक्राउ पुर्जी जारी भइसकेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा देखिएका छन् ।

देउवा दम्पत्ती हङकङको सडकमा हिँडिरहेको देखिएको छ ।

केशर थापाले सार्वजनिक गरेको भिडियोमा केहीबेर हिँडेर उनीहरू एउटा कारमा चढेको देखिन्छ ।

जेन–जी विद्रोहको बेला देउवा दम्पत्तीमाथि कुटपिट भएको थियो । त्यसपछि उपचारका लागि भन्दै उनीहङ सिंगापुर गएका थिए । यतिबेला भने उनीहरू हङकङमा देखिएका हुन् ।

अदालतबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । हालै उनीहरूले आफूहरूविरुद्धको उजुरीमा छानबिनका लागि सहयोग गर्ने तर पक्राउ नगर्न माग गर्दै पत्र लेखेका थिए ।

डा. आरजु भने इ–पासपोर्ट प्रकरणमा पनि मुछिएका छन् । उनका छोरा जयवीर देउवा पनि मुछिएको विवरण सार्वजनिक भएको छ ।

यस्तोमा देउवा दम्पती कहाँ छन् ? यता नेपालमा खोजिनिति बढ्दा एक भिडियोमा उनीहरू हङकङमा देखिएका हुन् ।

तर, भिडियो कहिलेको भन्ने पुष्टि भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *