विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयानका लागि उपस्थित [तस्वीरहरू]
फोटोफिचर
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयानका लागि उपस्थित गराइएको छ।
सोमबार नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनलाई प्रारम्भिक सोधपुछका लागि विभागमा पुर्याइएको हो।
व्यवसायी दीपक भट्टसँग सम्बन्धित भनिएको आर्थिक कारोबारमा शंका देखिएपछि गरिएको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको बताइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसका आधारमा उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग सम्बन्धित आर्थिक लेनदेन, सम्पत्तिको स्रोत र सम्भावित सम्बन्धबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
विभागले प्रारम्भिक बयानपछि कानुनी प्रक्रिया अनुसार म्याद थपका लागि उनलाई आजै अदालतमा पेस गर्ने तयारी गरेको छ।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको








