रास्वपा महाधिवेशन : मतदान समय फेरि सर्याे
बिशेष
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा मतदान समय फेरि सारिएकाे छ ।
साँझ ७ बजेदेखि सुरु गर्ने भनिएकाे मतदान आजै राति साढे ८ बजे गर्नेगरी मतदान कार्यतालिका सारिएकाे हाे ।
यसअघि पनि पटकपटक मतदान समय सारिएकाे छ र मतदान ताेकिएकै समयमा हुनेमा प्रतिनिधिहरुले आशङ्का प्रकट गरेका छन् ।
पार्टीकाे केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ । प्रवक्ता मनिष झाले गरेकाे प्रेस ब्रिफिङअनुसार एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्नेछ ।
केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि करिब ४ घण्टा समय लाग्ने जानकारी दिएको उनले बताए ।
त्यस्तै, मतदान सकिएको करिब २ घण्टामा नतिजा सार्वजनिक भइसक्ने पनि उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
