`

पोखरामा २१औँ रोपाइँ महोत्सवको रौनक [तस्वीरहरू]

Nepal One HD १४ असार २०८३ १५:१२
फोटोफिचर

काठमाडौं। कास्कीको लेखनाथस्थित शिशुवामा आयोजित २१औँ रोपाइँ महोत्सव उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न महोत्सवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महोत्सवमा सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलो खेल्ने, लोकसंस्कृतिसँग रमाउने तथा ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिने अवसर पाए। नेपाली कृषि परम्परासँग जोडिएको रोपाइँ संस्कृतिलाई मनोरञ्जन र पर्यटनसँग संयोजन गर्दै आयोजना गरिएको कार्यक्रमले सहभागीहरूलाई विशेष आकर्षित गरेको थियो।

आयोजकका अनुसार रोपाइँ महोत्सवको मुख्य उद्देश्य नेपाली कृषि संस्कृति, परम्परा र मौलिक जीवनशैलीको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै आन्तरिक र बाह्य पर्यटनलाई प्रोत्साहन गर्नु हो।

हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस महोत्सवले पोखरालाई कृषि तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न समेत योगदान पुर्‍याउँदै आएको आयोजकको विश्वास छ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *