२३औँ राष्ट्रिय धान दिवसमा खुमलटारको दृश्य
फोटोफिचर
काठमाडौं। सरकारले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ देशभर विभिन्न कार्यक्रमका साथ मनाएको छ।
यस अवसरमा ललितपुरको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमअन्तर्गत कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले धान रोपेर दिवस मनाएका थिए।
खुमलटारमा आयोजित कार्यक्रममा परम्परागत रोपाइँ संस्कृति, किसानको श्रम र धान उत्पादनको महत्व झल्काउने विभिन्न गतिविधि सम्पन्न भए। हिलोमा धान रोप्दै सहभागीहरू उत्साहपूर्वक कार्यक्रममा सहभागी भएको दृश्यले राष्ट्रिय धान दिवसको रौनक थप बढाएको थियो।
खुमलटारमा देखिएका दृश्य :
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको














