बालकुमारीमा धार्मिक तथा सांस्कृतिक सम्पदा झल्किने भित्तेचित्र निर्माण [फोटो-फिचर]
काठमाडौं। नेपाली कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको बालकुमारी क्षेत्रमा धार्मिक तथा सांस्कृतिक विषयवस्तु समेटिएको आकर्षक भित्तेचित्र निर्माण गरिएको छ।
पाल्पासा आर्ट ग्यालरीको पहलमा तयार पारिएको उक्त भित्तेचित्रमा नेपालको बहुधार्मिक आस्था, सांस्कृतिक विविधता, मौलिक परम्परा र सामाजिक सद्भावलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हो।
चित्रमार्फत नेपाली समाजको सहअस्तित्व, सांस्कृतिक पहिचान र सभ्यताको निरन्तरताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ।
पछिल्लो समय बढ्दो शहरीकरण र आधुनिकीकरणका कारण ओझेलमा पर्दै गएका परम्परा, संस्कार र सांस्कृतिक मूल्यलाई दृश्यकलामार्फत पुनः स्मरण गराउने उद्देश्यले भित्तेचित्र निर्माण गरिएको जनाइएको छ। यसले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सम्पदाप्रति थप सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सार्वजनिक स्थलमा निर्माण गरिएको उक्त कलाकृतिले स्थानीयवासी, सर्वसाधारण तथा आगन्तुकको ध्यान आकर्षित गरिरहेको छ।
कला र संस्कृतिलाई सार्वजनिक जीवनसँग जोड्ने यस्तो प्रयासले नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
तस्वीरहरू:


















