गणतन्त्रविरुद्ध गतिविधिमा २५ वर्षसम्म कैद सजाय प्रस्तावबारे पत्रकार सम्मेलन
राजनीति
काठमाडौं। सरकारले गणतन्त्रविरुद्ध गतिविधि गर्न नपाउने व्यवस्था गर्दै त्यस्तो कसुरमा अधिकतम २५ वर्षसम्म कैद सजायको प्रावधानसहित मुलुकी अपराध संहिता संशोधनको प्रस्ताव अघि बढाएको विषयमा आज पत्रकार सम्मेलन आयोजना गरिने भएको छ।
प्रस्तावित नयाँ दलका नेताहरू डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा सरकारले अघि सारेको संशोधन प्रस्ताव, त्यसको संवैधानिक तथा अन्तर्राष्ट्रिय मापदण्डसँगको सम्बन्ध र यसप्रति दलको धारणा सार्वजनिक गरिने जनाइएको छ।
आयोजकका अनुसार पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजे काठमाडौंको जमलस्थित होटल येलो प्यागोडामा हुने जनाइएको छ।
समाचार संकलन तथा छायांकनका लागि सञ्चारकर्मीलाई कार्यक्रममा उपस्थित भई सहयोग गरिदिन सचिवालय प्रमुख सगुन सुन्दर लावतीले आग्रह गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट

