रक्षा बमले यस्तो लेख्दै गरिन् गणेशको बिदाई…. ‘धेरै सतायो यो राज्यले,अब आराम गर’
काठमाडौं। जेनजी नेता रक्षा बमले गणेश नेपाली आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र उनका समर्थकहरूमाथि तीव्र टिप्पणी गरेकी छन्।
उनले ३५ वर्षको राजनीतिक भार पुराना दललाई बोकाउन खोज्ने सत्तारुढ रास्वपा समर्थक तथा बालेनका ‘फ्यानबोई’हरूले अब बालेनको तीन वर्षे शासनकालको जिम्मेवारी पनि बोक्न तयार हुनुपर्ने बताएकी छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बमले गणेश नेपाली आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुनु बालेन काठमाडौं महानगरपालिकाको प्रमुख बनेपछि नगर प्रहरीमा संस्थागत रूपमा विकास भएको अमानवीय र असंवेदनशील कार्यशैलीको परिणाम भएको दाबी गरेकी छन्।
उनले लेखेकी छन्, ‘आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। बालेनको नगर प्रहरीले निरन्तर गरिब, सडक व्यापारी र सुकुम्बासीको आत्मसम्मानमाथि हमला गरिरह्यो, तर मेयरले त्यसलाई कहिल्यै मानवीय दृष्टिकोणबाट हेर्न चाहेनन्। अहिले पनि त्यही प्रवृत्ति जारी छ। मेयरताकाको तुलनामा उनको डोजर अझ ठूलो भएको छ, नगर प्रहरीको लाठीबाट एकै इसारामा प्रहरी र सेनाको बन्दुकका नाल तेर्साउन सक्ने अवस्था बनेको छ।’
रक्षा बमले चुनावी अभियानका क्रममा सडक व्यापारीको सहज व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका बालेन महानगरको नेतृत्वमा पुगेपछि गरिबप्रति कठोर बनेको आरोप पनि लगाएकी छन्।
उनले लेखेकी छन्, ‘सत्य कुरा के हो भने, चुनावताका सडक व्यापारी व्यवस्थापन सजिलै गर्छु भनेर धाक लगाउने उम्मेदवार बालेन शाह महानगरको कमाण्डर भएपछि एकाएक बदलिए र गरिबमारा बन्न पुगे। चमेली अभियान, अभियानता ‘ईः’ लगायतका आन्दोलन हुँदा पनि उनले संवाद गर्न चाहेनन्। पछि अदालतले अंकुश लगाएपछि मात्र उनको डोजरको गति केही सुस्त भएको हो।’
उनले बालेनको कार्यशैलीले संस्थागत रूपमा एउटा कठोर प्रवृत्ति स्थापित गरेको दाबी गर्दै त्यसको असर देशका विभिन्न स्थानमा देखिन थालेको उल्लेख गरेकी छन्।
उनका अनुसार, ‘त्यही प्लान्ट गरिएको प्रवृत्तिले कर्णालीमा सडक किनारमा काफल बेच्ने महिलाको आत्मसम्मानमा चोट पुर्यायो, वन कर्मचारीको भेषमा गरिबको अटो भिरबाट गुल्टाइयो। समाजको एउटा ठूलो तप्काले यस्ता कदमलाई प्रोत्साहन गरिरहेसम्म यो क्रम रोकिने छैन।’
रक्षा बमले गणेश नेपालीको मृत्युको विषयमा अब दोष अन्तैतिर मोड्ने प्रयास हुन सक्ने दाबी पनि गरेकी छन्।
उनले लेखेकी छन्, ‘अब एउटा तप्काले आत्मदाह गर्ने गणेशमाथि नै प्रश्न उठाउन थाल्छ। गणेशको मृत्युको दोष राज्यबाट हटाएर सुनिता डंगोल नेतृत्वको महानगरतर्फ धकेल्ने प्रयास हुन्छ। सरकार नयाँ ‘फण्डा’ खोज्छ, केही दिनमै अर्को विवादास्पद विषय ल्याएर जनध्यान अन्तैतिर मोड्ने प्रयास हुन्छ।’
अन्त्यमा उनले बालेनले आफ्नो कार्यशैली नसुधारेसम्म यस्ता घटना दोहोरिने चेतावनी दिँदै लेखेकी छन्, ‘जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन् र उनलाई निरन्तर गल्ती दोहोर्याउन छुट दिने फ्यानबोईहरूले तीन वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ। गणेशहरू मरिरहन्छन्। अलबिदा गणेश, धेरै सतायो यो राज्यले। अब आराम गर।’
उनको स्टाटस जस्ताको त्यस्तै:
