`

गृहमन्त्री गुरुङको जवाफ– ‘स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’

Nepal One HD २६ असार २०८३ १६:१३
राजनीति

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफू प्रचार वा स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न आएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले संसद्‌मा चर्को स्वरमा बोल्दैमा मात्रै जनताको समस्या समाधान नहुने जिकिर गरे ।

उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । अब हामीले हातले काम गर्नुपर्छ ।’

जनताको सेवा वास्तविक रूपमा जनताकै बीचमा पुगेर गर्नुपर्ने उनको भनाइ थियो । ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन । म आफ्नो देशको सेवा गर्न आएको हुँ,’ उनले भने ।

गृहमन्त्री गुरुङले मन्त्रालयमा बसेर समस्या समाधानका लागि योजना र टिम बनाएर काम गरिरहेको दाबी गरे ।

उनले संसद्‌मै प्रश्न गर्दै भने, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *