`

होल्डिङ सेन्टर डुबानमा : बालेन सरकारद्वारा विस्थापित सुकुम्बासीको उठीबास

Nepal One HD २७ असार २०८३ ११:४२
फोटोफिचर

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर बाढीले डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी फेरि विस्थापित भएका छन्।

लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार रातिदेखि होल्डिङ सेन्टर जलमग्न भएको थियो। शनिबार बिहानसम्म पनि सेन्टर डुबानमै रहेकामा अहिले पानीको सतह क्रमशः घट्दै गएको छ।

पानी घट्न थालेपछि त्यहाँ बस्दै आएका परिवारहरूले आफ्ना लत्ताकपडा र अन्य सामान निकाल्न थालेका छन्। डुबानका कारण अधिकांश सामानमा क्षति पुगेको उनीहरूले बताएका छन्।

डुबान भएपछि शुक्रबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो। टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको थियो।

उद्धार गरिएकामध्ये केही आफन्तको घरमा गएका छन् भने अन्य व्यक्ति होल्डिङ सेन्टर आसपासमै बसिरहेका छन्। उनीहरूलाई अब कहाँ व्यवस्थापन गर्ने भन्नेबारे सम्बन्धित निकायले अझै निर्णय गर्न सकेको छैन।

डुबानपछि होल्डिङ सेन्टरमा तत्काल बस्न सक्ने अवस्था नरहेकाले विस्थापितहरूको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

तस्वीरहरू: 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *