गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन [तस्वीरहरु]
फोटोफिचर
काठमाडाैं। आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीलाई न्याय दिलाउन माग गर्दै समर्थकहरूले वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा गणेश नेपालीलाई न्याय दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा अस्पताल परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको थियाे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट










