साझा यातायातका हरिया बस ‘ब्लु बस’ नबन्ने [भिडीयाे]
काठमाडौं । साझा यातायातका हरिया बस ब्लु बस नबन्ने भएका छन्। सरकारले महिलाको सुरक्षित यात्राका लागि भन्दै साझा यातायातका हरिया बसलाई साउन १ गतेदेखि ‘ब्लु बस’ बनाएर सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। तर यसको चौतर्फी रुपमा आलोचना भएपछी सरकारले साझाका हरिया बसलाई ब्लु बस नबनाउने भएको हो।
सुरुमा साझा यातायातका हरिया बसलाई निलो रङमा परिवर्तन गरेर ‘ब्लु बस’ बनाइने चर्चा चलेको थियो। तर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि साझा यातायातले बसको मौलिक हरियो रङ परिवर्तन नगर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।
सरकारले पहिलो चरणमा आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने योजना बनाएको थियो। यद्यपि सञ्चालन मिति र बसको अन्तिम सङ्ख्या पनि तय हुन सकेको थिएन। सरकारले यो सेवा शासकीय सुधारको १०० दिने कार्यसूची र नयाँ आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको भए पनि तयारी अपुग हुँदा कार्यान्वयनमा ढिलाइ भएको थियो।
