`

सिरहामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Nepal One HD २८ असार २०८३ १८:०९
बिशेष

सिरहा । सिरहाको गोलबजार नगरपालिका-७ स्थित पुरानो चौक चोहर्वास्थित पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका हुन्। 

‘अहिले हाम्रो टोली घटनास्थलमा छ, विस्तृत विवरण प्राप्त हुन बाँकी छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एक प्रहरीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *