`

निर्देशनमा पुनरागमन गर्दै निर शाह

Nepal One HD २ साउन २०८३ १५:५०
चलचित्र

काठमाडौं। वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा गायक शिव परियारको स्वर रहेको छ।

फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका छन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। छायांकनको जिम्मेवारी सौरभ लामाले सम्हाल्नेछन्। यस्तै, पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा फिल्मसँग आबद्ध छन्।

निर्माण पक्षका अनुसार फिल्मको प्रि-प्रोडक्सन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।

लामो अनुभवका साथ नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका निर्देशक निर शाहले ‘प्रिन्स’ मार्फत नयाँ कथावस्तु र फरक शैलीको प्रस्तुति लिएर पुनः दर्शकमाझ फर्किने तयारी गरेका छन्। फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *