`

राजनीतिक विकृतिले समाजमा असन्तुष्टि बढायो, गगन थापाको गम्भीर चेतावनी

Nepal One HD ५ साउन २०८३ १९:४७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दो विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै सम्बोधन गर्न नसके कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।

मंगलबार गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले घिमिरेले आफू र विश्वप्रकाश शर्मालाई लेखेको खुला पत्रमा कुण्ठा नभई प्रेम, करुणा र रचनात्मक आलोचना रहेको बताए।

उनले पार्टीभित्र मतभेद र राजनीतिक खिचातानी रहे पनि घिमिरेको लेखनमा नकारात्मकता नभएको उल्लेख गरे।

‘त्यहाँ कुण्ठा छैन, प्रेम छ। करुणा छ, समभाव छ, आलोचना छ तर निन्दा छैन। यही गुरु घिमिरेको चरित्र हो,’ थापाले भने, ‘जिम्मेवारीमा रहेका व्यक्तिप्रति प्रश्न उठ्नु स्वाभाविक हो।’

थापाले पुस्तकका लेखहरू समसामयिक राजनीतिक टिप्पणी जस्ता देखिए पनि त्यसको मूल सन्देश राजनीतिमा देखिएको विकृतिप्रतिको गहिरो चिन्ता भएको बताए।

उनका अनुसार समाजमा बढ्दो असन्तुष्टिले परिवर्तनको आवश्यकता स्थापित गरिसकेको भए पनि राजनीतिक नेतृत्वले त्यसको गहिराइ बुझ्न नसकेको अवस्था छ।

‘राजनीतिमा आएको विकृतिले समाजमा तीव्र असन्तुष्टि जन्माएको छ। नेतृत्वले त्यसलाई समयमै बुझ्न सकेन भने कुनै पनि बेला विस्फोट हुन सक्छ,’ उनले चेतावनी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *