`

बीपी स्मृति दिवसमा कांग्रेसको घोषणा, १० लाखसहित ‘मानव सहायता कल्याण कोष’ स्थापना

Nepal One HD ६ साउन २०८३ ९:३६
नेपाली कांग्रेस

काठमाडौं । सुकुमवासी र बालबालिकाको शिक्षामा सहयोग गर्न नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको सभापति गगन थापाले जानकारी दिए ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति थापाले सुकुमवासी र बालबालिकाको शिक्षामा सहयोग गर्न कोष स्थापना गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार कोषमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *