`

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव

Nepal One HD ८ साउन २०८३ २०:२८
प्रमुख खबर

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा आयोजित पाँचौँ नेपाल ‘फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने“सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री भिसा फ्री टिकट’ नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गरिनेछ ।”

प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलीकरण गरिने मन्त्री यादवले जानकारी दिए । आफ्नो १०० दिने कार्यकालको अनुभव आदानप्रदान गर्दै मन्त्री हुनुअघि यो नीतिको कार्यान्वयनमा समस्या देखेको बताउँदै मन्त्री यादवले अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा आइओएमका तर्फबाट नेपालकी नियोग प्रमुख हेलेन फोर्सले नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताए । उले भने, “नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनामा उतार्दै बलियो नेतृत्व देखाएको छ ।” उहाँले आइओएम नेपाल सरकारको यो यात्रामा सँगै काम गर्ने प्रतिबद्धतासमेत व्यक्त ग ।

कार्यक्रममा फिलीपिन्सको आप्रवासी श्रमिक विभाग (डिएम्डब्लु) का सहायक सचिव जेरोम अल्कान्तराले सन् २०२० को भर्ती शुल्कसम्बन्धी सर्वेक्षणअनुसार फिलिपिनो कामदारहरूले भर्ती एजेन्सीलाई औसतमा एक दशमलव दुई महिनाको तलब बराबर शुल्क तिरेका बताउनुभयो । उहाँले फिलिपिन्सको न्यायोचित भर्ना प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी भएको उल्लेख ग ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *