`

कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त

Nepal One HD १२ साउन २०८३ २०:१२
बिशेष

कर्णाली। नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन् ।

नेकपा एमालेको समर्थनमा आज अपरान्ह ५ः०० बजे शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए ।

काउचाका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच यही साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *