`

धनुषामा गृहमन्त्री र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सकियो

Nepal One HD १६ साउन २०८३ १९:१७
प्रमुख खबर

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। करिब तीन घण्टा चलेको छलफलपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको छ।

वार्तामा गृहमन्त्री गुरुङसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जिल्ला प्रहरी प्रमुख, डीएसपी, डीआईजीलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।

पहिलो चरणको वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनहरूले उठाएका मागहरू सरकारको गम्भीर ध्यानाकर्षणमा परेको बताए।

उनले सबै माग तत्काल सम्बोधन गर्न सम्भव नभए पनि जायज र व्यवहारिक मागहरू यथाशीघ्र सम्बोधन गरिने स्पष्ट पारे।

यता, वार्तामा सहभागी विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष जानकी रमणले हिन्दू राष्ट्र पुनःस्थापनाको मागमा आफूहरू अडिग रहेको बताए।

उनका अनुसार गृहमन्त्री गुरुङले उक्त विषय तत्काल निर्णय गर्न सम्भव नभए पनि केन्द्रमा छलफलका लागि लैजाने आश्वासन दिएका छन्। साथै, अन्य मागप्रति सरकार सकारात्मक देखिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *