`

कांग्रेस इतर समूहको तीन दिने राष्ट्रिय भेला आजदेखि, देउवाले सम्बोधन गर्ने

Nepal One HD २९ साउन २०८३ ७:४०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलामा देशभरबाट करिब ५ हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।

भेलाको बन्दसत्र भने साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *