१ सय ६२ किलो गाँजासहित २ जना पक्राउ
अपराध
हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६२ किलो ७ सय ९४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवन माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेक बहादुर दोङलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो।
भाबरदेखि खरङ्गातर्फ आउँदै गर्दा बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा उनीहरूबाट १३ वटा पोकामा रहेको १ सय ६२ किलोभन्दा बढी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
