`

जेनजी आन्दोलनमा फरार भएका जबरजस्ती करणीका कैदी सुन्दरीजलबाट पक्राउ

Nepal One HD २ कार्तिक २०८३ १२:४४
अपराध

काठमाडौं । जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका-१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२, सुन्दरीजल बस्दै आएका ३० वर्षीय राजसुन्दर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। उनी ललितपुरस्थित नख्खु कारागारमा जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *