`

१ रुपैयाँ भ्रष्टाचार नगरेको दाबी गर्ने लिङ्देनलाई चार प्रश्न

Nepal One HD २८ भदौ २०८३ १७:०२
राजनीति

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले १ रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । आइतबार उनले यस्तो बताएका हुन् ।

उनको यही दाबीपछि लिङ्देनसँग केही प्रश्न उठेका छन् ।

झापाको घरजग्गा नबेचेको अवस्थामा ललितपुरको लामाटारमा साढे तीन तलाको ठूलो घर कसरी बन्यो ? उक्त घरमा भुइँतलामै ९ वटा कोठा रहेको बताइन्छ । त्यति ठूलो घर बनाउन पैसा कहाँबाट आयो ?

बालुवाटारमा ५ करोडभन्दा बढी लगानीको भनिएको ‘डाइनिङ रुम’ नामको बैंक्वेट कसरी सञ्चालनमा आयो ? त्यसको लगानीको स्रोत के हो ?

अमेरिकामा पढ्न गएकी छोरीले छोटो समयमै घर जोडेको विषयमा पनि प्रश्न उठेको छ । त्यसका लागि पैसा कहाँबाट आयो ?

इलामको हर्कटेमा रिसोर्ट सञ्चालनको तयारी भइरहेको हो भने त्यसमा लगानी गर्ने रकमको स्रोत के हो ?

लिङ्देन २०७४ देखि २०८२ भदौ २४ गतेसम्म सांसद रहे । सांसदको तलब, भत्ता र सुविधाबाट करिब ९६ लाख रुपैयाँ प्राप्त हुने देखिन्छ ।

यसबीच दुईपटक निर्वाचन लड्दा पनि खर्च भयो । करिब ४० दिन उपप्रधान तथा ऊर्जामन्त्री पनि भए ।

त्यसो भए करोडौँको बैंक्वेट, लामाटारको ठूलो घर र अन्य सम्पत्तिको स्रोत के हो ?

गत वर्ष पुसमा लिङ्देनले सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका थिए । खोई त त्यो छानबिन ?

जनताले प्रश्न गरेका छन् । अब जवाफ पनि जनताले नै खोजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *