`

प्रधानमन्त्रीसँग बैठक सकेलगत्तै गाउँपालिकाका अध्यक्ष पक्राउ

Nepal One HD २९ भदौ २०८३ १६:३५
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैठक सकेलगत्तै पक्राउ परेका छन् ।

प्रहरीले तामाङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै केही बेरअघि नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी वृत्त दरबारमार्ग लगिएको बुझिएको छ ।

प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गरेका थिए ।

उक्त छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

बैठकमा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पनि सहभागी भएका थिए । तर, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले वैशाख २८ गते नै पक्राउ पुर्जी जारी गरिसकेको थियो ।

प्रधानमन्त्रीसँगको बैठकमा सहभागी भएर फर्किने क्रममा पक्राउ परेका तामाङलाई अब बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रक्रियाअनुसार अघि बढाइने प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *