संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड
राजनीति
जनकपुरधाम। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भनेका छन्।
उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
