महँगी, भ्रष्टाचार र कुशासनविरुद्ध चाडपर्वपछि सशक्त प्रतिवाद गर्ने एमाले सचिव बस्नेतको भनाइ
नेकपा एमाले
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले सरकारका गतिविधिको विरोधमा एमालेले सशक्त रूपमा प्रतिवाद गर्ने बताएका हुन् ।
उनले हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले सरकारका जनविरोधी गतिविधिविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।
बस्नेतले चाडपर्व सकिएलगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने पनि बताएका छन् ।
सरकारले पछिल्लो समय अघि बढाएका विभिन्न कदमप्रति असन्तुष्टि जनाउँदै एमालेले राजनीतिक तथा सडक संघर्षलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
