`

विपद्का बेला सबैभन्दा राम्रोसँग आफ्नो पार्टीका कार्यकर्ता सक्रिय रहेको प्रचण्डको दाबी

Nepal One HD १६ असोज २०८३ ८:२५
बिशेष

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला सबैभन्दा राम्रोसँग आफ्नो पार्टीका कार्यकर्ता फिल्डमा खटिएको दाबी गरेका छन् ।

आन्दोलनका बेला लाखौँ कार्यकर्ता उतार्ने दाबी गर्ने दलहरूको विपद्का बेला उपस्थिति किन नदेखिएको भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफ्नो पार्टीका कार्यकर्ता उद्धार तथा राहतमा सक्रिय रहेको बताएका हुन् ।

‘सबैभन्दा राम्रोसँग फिल्डमा कसैका कार्यकर्ता गए भने त्यो हाम्रै पार्टीका हुन्,’ उनले भने ।

रसुवा, नुवाकोट र धादिङमा वाईसीएलका कार्यकर्ता विपद् प्रभावित नागरिकको सहयोगमा खटिएको उल्लेख गर्दै प्रचण्डले उनीहरूको कामको प्रशंसा भएको दाबी गरे ।

‘तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका घटनाहरू देख्नुभयो होला,’ उनले भने ।

विपद्का बेला आफ्नो पार्टीका कार्यकर्ता परिचालित भएको दाबी गर्दै प्रचण्डले अन्य दलका कार्यकर्ता पनि खटिएको हो कि होइन भन्ने प्रश्न गरेका छन् ।

‘यो विपद्मा अरू को परिचालित भयो ?’ उनले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *