`

श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित

Nepal One HD १८ असोज २०८३ १९:४५
विश्व

काठमाडाैँ। श्रीलङ्कामा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ। वर्षाजन्य घटनाका कारण एक जना वेपत्ता भइरहेको र दर्जनौँ घाइते भएका छन्।

वर्षाले एक हजार १९० परिवारका चार हजार ३६० जना प्रभावित भएका देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार यो जानकारी दिएको हो।

यी प्रभावित व्यक्तिहरू १७ जिल्लाका १२५ वटा विभागीय क्षेत्रका रहेका तथ्याङ्कबाट आएका हुन्।

वर्षाले ६१७ वटा घरहरू पनि क्षतिग्रस्त बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *