`

‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाएका छन्’ – बालेन

Nepal One HD १८ असोज २०८३ २१:१९
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्च प्रयोग भएको विषयमा व्यंग्य गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको छ। सोही सन्दर्भमा प्रधानमन्त्री शाहले खुलामञ्चको प्रयोगलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *