`

निरबहादुर धमला ‘विमल’ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

Nepal One HD १९ असोज २०८३ १८:५७
नेपाली कांग्रेस

काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

तीन दशकदेखि कांग्रेसमा निरन्तर सक्रिय धमलाले दलित क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

धमला कांग्रेसको १३ औँ, १४ औँ र १५ औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ पाँचथर शाखाको तीन कार्यकाल केन्द्रीय सदस्य तथा नेपाल दलित सङ्घको जिल्ला सचिवका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल उनी नेपाल दलित सङ्घको आमन्त्रित केन्द्रीय सदस्य छन् । सुनचाँदी व्यवसायीका हकहितको कार्यमा उनी निरन्तर सक्रिय छन् ।

धमला २०७६ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशबाट उम्मेदवार समेत बनेका थिए ।

आफ्नो उम्मेदवारी पार्टीको संस्थागत आधारलाई थप बलियो बनाउन रहेको उनले बताए। ‘कांग्रेस अब पहिलेको छैन, रहँदैन पनि । मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी पार्टीको संस्थागत आधारलाई थप बलियो बनाउन हो,’ धमलाले भने, ‘दलित उत्पीडित समुदायको आवाजलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउन भूमिका खेल्नेछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *